Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरकारले दियो सिनेमा हल सञ्चालनको अनुमति

फिल्मीखबर, काठमाडौं, 2021/01/11
 
कोरोनाका कारण सरकारले सिनेमा हल सञ्चालनमा लगाएको प्रतिबन्ध १० महिनापछि खुल्ला गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सिनेमा हल खुलाउने निर्णय गरेको हो । स्वास्थ्य मापदण्ड अपनाएर सरकारले सिनेमा हल सञ्चालनको अनुमति दिएको हो । केही दिनअघि सीसीएमसीले सिनेमा हललाई सञ्चालनको अनुमति दिन मन्त्रीपरिषद्लाई पत्र लेखेको थियो ।
 
९ महिनासम्म सरकारले सिनेमा हल खोल्न कुनै चासो नदेखाएपछि गएको पुष १० गतेबाट हल व्यवसायी तथा वितरकहरुको संस्था नेपाल चलचित्र संघले देशभरका सिनेमा घर खोल्ने स्वः घोषणा गरेको थियो । सरकारले अनुमति दिनुभन्दा अगावैदेखि सिनेमा घरहरु सञ्चालनमा थिए । अब सरकारले नै सिनेमा हल खुलाउने निर्णय गरेपछि हल व्यवसायीहरुलाई ठूलो राहत मिलेको छ । 
 
सरकारले सिनेमा हल खोल्ने निर्णय गर्नुभन्दा आघा घण्टा अगाडि अभिनेता शिव श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान मन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेल, अर्थ मन्त्री विष्णु पौडेल, सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङलगायतसँँग भेट गरेका थिए ।
Most Visited News (monthly)