Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7279 - 7284 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-01-17, आईतवार

निर्देशक तथा अभिनेता निश्चल बस्नेत आइतवारबाट ४० वर्षका भएका छन् । वि.सं. २०३७ साल माघ ४ गते दोस्रो सन्तानको रुपमा उनको जन्म काठमाडौंमा भएको थियो । उनका एक दिदी र एक बहिनी छन् । पहिलो पटक फिल्म ‘लुट’ निर्देशन गरेपछि चर्चामा आएका उनी श्रीमती स्वस्तिमा खड्का र निर्देशक हेमराज विसीसँग जन्मदिन मनाउन मकवानपुरको चित्लाङ पुगेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-01-17, आईतवार

फिल्म ‘होस्टेल रिर्टन्स’ बाट अभिनयमा डेब्यू गरेका सुशील सिटौलाले लगनगाँठो कस्ने भएका छन् । फागुन ४ गते वसन्त पञ्चमीको दिन उनले दमककी प्रतिमा मैनालीसँग विवाह गर्न लागेका हुन् । माघ २ गते उनीहरुको टिकाटालो भएको थियो । विवाह भने विर्तामोडमा हुने सुशीलले जानकारी दिए । माघ १६ गते जन्मदिन मनाउने तयारीमा रहेका उनले मागी विवाह गर्न लागेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2021-01-17, आईतवार

गएको पुष १० गतेबाट ९ महिनापछि सञ्चालनमा आएका सिनेमा हलमा माघे संक्रान्तिबाट अभिनेता शिव श्रेष्ठ निर्मित तथा अभिनीत फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आएको छ । अन्य निर्माता यो समयमा फिल्म प्रदर्शन गर्न तयार नहुँदा अभिनेता श्रेष्ठले जोखिम उठाएका थिए । यो फिल्मले सिनेमा हलमा दर्शक फर्काउनेमा फिल्मकर्मीदेखि हल सञ्चालकसम्म पूर्ण विश्वस्त थिए । 

फिल्मीखबर, काठमाण्डौ, 2021-01-16, शनिवार

निर्माणको तयारीमा रहेको अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहने लभस्टोरी फिल्म ‘डिसेम्बर फल्स’ को अष्ट्रेलिया राइट्स बिक्री भएको छ । नेप आर्ट यूट्युब डिजिटल र एजुकेसन एण्ड माइग्रेसन कर्नरले महंगो मुल्यमा फिल्मको अष्ट्रेलिया राइट्ससँगै यूट्युब अधिकार खरिद गरेको हो । शनिवार दुई पक्षबीच कागजी सम्झौता भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-01-16, शनिवार

फिल्म निर्माता, कलाकार तथा स्वास्थ्यकर्मी रोहिणी भट्टराईको निधन भएको छ । शुक्रवार ४२ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी यस अस्पतालका पब्लिक रिलेसन र फ्यासिलिटी सर्भिसको डिपार्टमेन्ट म्यानेजर थिए । उनले आफ्नो एउटा आउटसोर्सिङ कम्पनी ‘इनोभेटिभ एचआर सोलुसन’ पनि चलाउँदै आएका थिए ।

एजेन्सी, मुम्बई, 2021-01-15, शुक्रवार

अभिनेत्री कंगना रनावतले आफू निर्देशित तथा अभिनीत फिल्म ‘मणिकर्णिका : द क्विन अफ झाँसी’ को दोस्रो पार्ट बनाउने भएकी छन् । यसपटक फिल्मको नाम ‘मणिकर्णिका रिटर्न्‍स : द लिजेन्ड अफ दिद्दा’ राखिएको छ । फिल्मलाई ठूलो क्यानभासमा निर्माण गरिने बताइएको छ । यसलाई वास्तविक जीवनका महिला नायिकामाथि विश्वस्तरीय फ्रेन्चाइजी बनाउने कंगनाको योजना छ ।

Results : 7279 - 7284 of 23775
Most Visited News (monthly)