Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माण नहुँदै बिक्यो ‘डिसेम्बर फल्स’ को अष्ट्रेलिया राइट्स

फिल्मीखबर, काठमाण्डौ, 2021/01/16
 
निर्माणको तयारीमा रहेको अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहने लभस्टोरी फिल्म ‘डिसेम्बर फल्स’ को अष्ट्रेलिया राइट्स बिक्री भएको छ । नेप आर्ट यूट्युब डिजिटल र एजुकेसन एण्ड माइग्रेसन कर्नरले महंगो मुल्यमा फिल्मको अष्ट्रेलिया राइट्ससँगै यूट्युब अधिकार खरिद गरेको हो । शनिवार दुई पक्षबीच कागजी सम्झौता भएको छ ।
 
उपासना माइग्रेसन कर्नरकी ब्राण्ड एम्बसेडर पनि हुन् । लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध एजुकेसन एण्ड माइग्रेसन कर्नरले अष्ट्रेलियामा विभिन्न फिल्महरुको प्रदर्शनसँगै सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । दर्शकमाझ परिचित कलाकारहरुको अभिनय रहने भएका कारण फिल्मको राइट्स खरिद गरेको माइग्रेशन कर्नरका प्रमुख सुनिल उप्रेतीले बताए ।
 
फिल्ममा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौडेल, दयाराम दाहाल, नरेश भट्टराई लगायतको पनि अभिनय रहनेछ । राम प्रसाद रिजालको प्रस्तुतीमा निर्माण हुने फिल्मको निर्मातामा राज कुमार भट्ट रहेका छन् । केदार भुषालको पटकथा/संवाद रहेको फिल्ममा महेश आर गुप्ताको छायांकन रहनेछ । फिल्मले नायक र नायिकाबीचको उमेर अन्तरको कथा भन्नेछ ।
 
प्रबिन झाले निर्देशन गर्ने फिल्मका कार्यकारी निर्माता लक्ष्मण रिजाल हुन् । विपिका खनालको कथा रहेको फिल्ममा विरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका घटना तथा समस्यालाई देखाइने बताइएको छ । काठमाडौं र पोखरामा छायांकन हुने फिल्मका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहनेछ । अर्को वर्षको साउन १ गतेलाई फिल्मको प्रदर्शन मिति तोकिएको छ ।
Most Visited News (monthly)