Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जन्मदिनमा निश्चलले घोषणा गरे ‘जिन्दाबाद’

फिल्मीखबर, काठमाडौं, 2021/01/17
 
निर्देशक तथा अभिनेता निश्चल बस्नेत आइतवारबाट ४० वर्षका भएका छन् । वि.सं. २०३७ साल माघ ४ गते दोस्रो सन्तानको रुपमा उनको जन्म काठमाडौंमा भएको थियो । उनका एक दिदी र एक बहिनी छन् । पहिलो पटक फिल्म ‘लुट’ निर्देशन गरेपछि चर्चामा आएका उनी श्रीमती स्वस्तिमा खड्का र निर्देशक हेमराज विसीसँग जन्मदिन मनाउन मकवानपुरको चित्लाङ पुगेका छन् । 
 
फिल्म निर्देशक हुनुभन्दा अगाडि निश्चल खेलाडी र गायक बन्न चाहन्थे । उनले यी क्षेत्रमा लामो समय संघर्ष पनि गरे तर सफलता पाउन सकेनन् । डेढ दशकअघि उनले गायक बन्न केही गीतहरु रेकर्ड गराएका थिए । तर, अहिले ती गीतहरु कुन कुनामा छन् उनैलाई थाहा छैन । गायन र खेलकुदमा सफलता नमिलेपछि उनी थ्रिडी एनिमेसन अध्ययनका लागि अष्ट्रेलिया उडेका थिए । 
 
‘लुट’ बाट नेपाली फिल्मको धार नै परिवर्तन गरेका निर्देशक बस्नेतले यसपछि ‘टलकजंग भर्सेज टुल्के र लुट २’ निर्देशन गरेका थिए । पछिल्लो निर्देशित फिल्म ‘लुट २’ बाट आलोचना खेपेपछि चार वर्ष फिल्म निर्देशन नगरेका उनी यो समयमा फिल्म अभिनयमा व्यस्त भए । ‘दुई रुपैयाँ र प्रसाद’ मा मुख्य भूमिकामा अभिनय गरेका उनले केही गीतमा मोडलिङसँगै आवाज पनि भरेका छन् । 
 
अब चार वर्षपछि उनी फिल्म निर्देशनमा फर्किँदैछन् । आफ्नो जन्मदिनको अवसरमा उनले फेसबुकमार्फत यस वर्ष फिल्म ‘जिन्दाबाद’ निर्देशन गर्ने जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘जन्मदिनको शुभकामना निश्चल, राम्रो मान्छे बन्न सकुँ राम्रो फिल्म बनाउन सकुँ यही दिएँ आफैंलाइ शुभकामना ।’ फिल्मको स्क्रिप्ट ‘कर्णाली ब्लुज’ फेम्ड लेखक बुद्धि सागरले लेखेका हुन् ।
 

Most Visited News (monthly)