Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अक्षयको ‘रक्षाबन्धन’ सँग भिड्दै शाहिदको ‘जर्सी’

एजेन्सी, मुम्बई, 2021/01/17
 
२०१९ मा प्रदर्शनमा आएको फिल्म ‘कबीर सिंह’ पछि अभिनेता शाहिद कपूर अब ‘जर्सी’ रिलिजको तयारीमा जुटेका छन् । आइतवार फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । गौतम तिन्नौरीको निर्देशनमा बनेको फिल्म यस वर्षको दिपावली (५ नोभेम्बर २०२१) मा सिनेमा घरमा प्रदर्शन हुने भएको छ । यो फिल्म २०१९ मा आएको तमिल फिल्म ‘जर्सी’ को हिन्दी रिमेक हो ।
 
तमिल स्पोर्ट्स ड्रामामा साउथ स्टार नानी र श्रद्धा श्रीनाथले मुख्य भूमिका निर्वाह गरेका थिए । फिल्मको कहानी एक यस्तो व्यक्तिको हो, जो क्रिकेट खेल्न निकै माहिर छ तर खेल छाड्छ । यसको दश वर्षपछि ऊ फेरि यही दुनियाँमा फर्किन्छ । यसको हिन्दी रिमेकमा मृणाल ठाकुर र पंकज कपूरको पनि मुख्य भूमिका छ । फिल्ममा शाहिद दुई अलग अलग लुक्समा देखिनेछन् ।
 
‘जर्सी’ ले प्रदर्शन मिति घोषणा गरेसँगै यस वर्षको दिपावलीमा दुई ठूला फिल्मबीच महासंग्राम हुने भएको छ । यो मितिमा यसअघि नै आनन्द एल राय निर्देशित तथा अक्षय कुमार अभिनीत फिल्म ‘रक्षाबन्धन’ ले प्रदर्शन मिति घोषणा गरेको थियो । बलिउडका दुई ठूला सुपरस्टार पहिलो पटक आमने-सामने हुन लागेका कारण बक्सअफिसमा कसको चादू चल्ला ? यो हेर्न रोचक हुने देखिन्छ । 
Most Visited News (monthly)