Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

नेपोटिज्मभन्दा घातक राती काम गर्नु : कंगना

एजेन्सी, मुम्बई, 2021/01/18
 
अभिनेत्री कंगना रनावत सोसल मिडियामा निकै सक्रिय रहने गर्दछिन् । पछिल्लो समय कुनै न कुनै मुद्धामा निर्भिक रुपमा आफ्नो भनाई राख्ने गरेकी उनी विवादमा समेत मुछिएकी हुन्छिन् । उनै, कंगनाले एक कलाकारको रुपमा नेपोटिज्म र मुभी माफियाभन्दा घातक रातको समयमा काम गर्नु रहेको बताएकी छन् । आफ्नो नाइट सिफ्टमा काम नगर्ने बानी नभएको उनको भनाई छ ।
 
उनले ट्विटरमा लेखेकी छन्, ‘नेपोटिज्म र मुभी माफियाका अलावा एक कलाकारको रुपमा सबैभन्दा खराब चिज नाइट सिफ्टमा काम गर्नु हो । जब सूर्य उदाउँदा, तब तपाईं सुत्नुहुन्छ । यसले तपाईंको बडी क्लक र फूड साइकिल पूरै तरिकाले विगार्छ । पहिला केही रात मलाई भोक लाग्न कम भयो र सबै अव्यवस्थित भयो । मेरो शरीरलाई यसको बानी पार्न प्रतिक्षा गरिरहेको छु ।’
 
कंगनाले सोमवार आफू अभिनीत फिल्म ‘धाकड’ को एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरेकी छन् । उनले ट्विटरमा लेखेकी छन्, ‘ऊ निडर र उग्र छे, ऊ एजेन्ट अग्नि हो । भारतको पहिलो महिला एक्सन थ्रिलर ‘धाकड’ १ अक्टोबर २०२१ मा सिनेमा घरमा रिलिज हुनेछ ।’ मध्यप्रदेशको भोपालमा छायांकन भइरहेको फिल्ममा अर्जुन रामपालको पनि मुख्य भूमिका छ । 
Most Visited News (monthly)