Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माधव वाग्लेको ‘हिमानी’ मा निश्चल र स्वस्तिमा !

फिल्मीखबर, काठमाण्डौ, 2021/01/18
 
निर्माता माधव वाग्ले आफ्नो नामको अगाडि निर्देशक थप्ने प्रयासमा छन् । फिल्म निर्देशनमा डेब्यू गर्ने तयारीसहित उनले गत वर्ष ‘पारस’ घोषणा गर्दै अभिनेताको प्रस्ताव अनमोल केसीलाई गरेका थिए । अनमोललाई स्क्रिप्ट मन परेपछि भुवन केसीले फिल्मको निर्माण आफैंले गर्ने गरी निर्माता वाग्लेलाई निर्देशकको जिम्मेवारी दिए । तर, अब यो फिल्मबाट निर्माता वाग्ले अलगिएका छन् ।
 
फाइनल भएको स्क्रिप्ट हेरफेर गरेको भन्दै उनी ‘पारस’ बाट अलग भएका हुन् । उनले ३० लाख रुपैयाँ बुझेर फिल्मको सम्पूर्ण स्वामित्व भुवन केसीलाई दिएको चर्चा छ । यो फिल्मबाट हात झिकेसँगै उनी नयाँ फिल्मको तयारीमा जुटेका छन् । पुष १० गते उनले चलचित्र विकास बोर्डमा ‘हिमानी’ नाममा नयाँ फिल्म दर्ता गरेका छन् । फिल्मलाई उनी आफैंले निर्माण र निर्देशन गर्नेछन् ।
 
चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको इजाजत लिनका लागि ब्यानर, निर्देशक, निर्माता, कलाकार, भाषा, लागत, मोबाइल नम्बरलगायत उल्लेख गर्नुपर्ने हुन्छ । निर्माता वाग्लेले ‘हिमानी’ नाम आफ्नै प्रोडक्सन हाउस प्रिन्सेस मुभिजको ब्यानरमा दर्ता गरेका छन् । ९० लाखमा निर्माण हुने भनिएको फिल्मको कलाकारमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र अर्पण थापाको नाम उल्लेख छ ।
 
निर्माता वाग्लेले बोर्डमा ‘पारस’ दर्ता गर्दा पनि कलाकारमा निश्चलको नाम लेखाएका थिए । उनीहरुबीच विश्वासको सम्बन्ध रहेका कारण वाग्लेको कुरा निश्चलले हत्तपत्त नकार्दैनन् । किनकि, ‘लुट’ निर्माणका लागि उनलाई विश्वास गर्ने पहिलो पात्र नै वाग्ले थिए । बोर्डमा फिल्म दर्ता गर्नका लागि मात्र निश्चल, स्वस्तिमा र अर्पणको नाम लेखिएको हो वा ‘हिमानी’ मा उनीहरुको अभिनय नै रहन्छ ? यसबारेमा निर्माता वाग्लेले कुनै जानकारी दिएका छैनन् । 
Most Visited News (monthly)