Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

के ‘सुदूर’ गर्दैछन् पुष्प ?

फिल्मीखबर, काठमाडौं, 2021/01/18
फिल्म ‘मंगलम’ पछि अभिनेता पुष्प खड्काको करिअरले गति लिएको छ । अहिले उनको हातमा फिल्मको कमी छैन । गिनेचुनेका ब्यानरको रोजाईमा समेत पर्न थालेका उनले लकडाउनभन्दा अगाडि फिल्म ‘मनसँग मन’ को छायांकन पूरा गरेका थिए । लकडाउनको समयमा दुई दर्जन बढी म्यूजिक भिडियोमा काम गरेका उनलाई तिहारपछि फेरि फिल्ममा भ्याइनभ्याइ छ । 
 
पुष अन्तिममा फिल्म ‘कृष्ण लीला’ को छायांकन पूरा गरेर काठमाडौं फिरेका उनले यसपछि ‘मनसँग मन’ को एक गीतको छायांकन भ्याए । अहिले उनी फिल्म ‘तिम्रो मेरो साथ’ को छायांकनमा व्यस्त छन् । यसमा उनको जोडी अभिनेत्री साम्राज्ञी आरएल शाहसँग बाँधिएको छ । केही प्रतिशत अमेरिकामा छायांकन हुने फिल्मलाई रमेश एमके पौडेलले निर्देशन गरिरहेका छन् ।
 
 
यो फिल्मपछि उनी ‘लप्पन छप्पन’ फेम्ड निर्देशक मुकुन्द भट्टको फिल्म गर्ने तयारीमा थिए । एक्सन जनरामा निर्माण हुने फिल्मका लागि उनले ६ महिनाको एक्सन तालिम लिनुपर्नेछ । तर, यो फिल्मभन्दा पहिला पुष्पले रमेश बुढाथोकीको फिल्म ‘सुदूर’ गर्ने सम्भावना प्रवल छ । उनलाई फिल्मको स्क्रिप्ट र भूमिका मन परेको छ तर निर्माण टिमसँग कागजी सम्झौता भने भएको छैन ।
 
‘लकडाउनकै समयमा फिल्मको वान लाइन स्टोरी सुनेको थिएँ । फाइनल स्क्रिप्ट पढेपछि मात्र फिल्म गर्ने वा नगर्ने निधो गर्नेछु । मलाई सुनाउनुभएको क्यारेक्टर मन परेको छ । मौखिक रुपमा फिल्म गर्ने सहमति पनि भएको छ,’ पुष्पले फिल्मीखबरसँग भने । स्क्रिप्टको क्यारेक्टरले आफूलाई लोभ्याएको उनी बताउँछन् । आफूलाई यसप्रकारको भूमिका निभाउन मनपर्ने पनि उनले बताए ।
 
दुर्गम क्षेत्र जुम्लामा छायांकन हुने फिल्मका लागि मुख्य अभिनेत्रीमा वर्षा सिवाकोटी अनुबन्ध भइसकेकी छन् । कलाकार समेत रहेका बुढाथोकी लामो समयपछि फिल्म निर्देशनमा फर्किन लागेका हुन् । ‘बाबु साहेब, फेरि तिम्रो याद आयो, मोहनी, जुन तारा, अप्सरा, जीवन मृत्यु’ लगायतका फिल्मको निर्देशन गरिसकेका उनले दुई सयभन्दा बढी फिल्ममा अभिनय पनि गरेका छन् । 
Most Visited News (monthly)