Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म गर्नुअघि नाटकबारे थाहै थिएन : स्वस्तिमा खड्का

फिल्मीखबर, काठमाण्डौ, 2021/01/20
 
‘बुलबुल’ बाट अभिनयको तारिफसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड बटुलेकी अभिनेत्री स्वस्तिमा खड्का पहिलो पटक नाटकमा काम गर्ने तयारीमा छिन् । १५ वर्ष अगाडि प्रकाशन भएको नारायण वाग्लेद्वारा लिखित २०६१ सालमा मदन पुरस्कार प्राप्त कृति ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा उनले अभिनय गर्न लागेकी हुन् । यसमा उनले पल्पसाको भूमिका निर्वाह गर्दैछिन् । 
 
तर, फिल्ममा डेब्यू गर्नुभन्दा अगाडि उनलाई नेपालमा नाटक मञ्चन हुन्छ र पैसा तिरेर हेर्न पाइन्छ भन्ने नै थाहा रहेनछ । मंगलवार राजधानीमा ‘पल्पसा क्याफे’ पुस्तकमाथि बन्न लागेको नाटकको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले विगत सम्झँदै भनिन्, ‘जब म फिल्म इन्डस्ट्रीमा आएँ, त्यसबेला नेपालमा थिएटरहरु छ र त्यहाँ नाटक मञ्चन हुन्छ भन्ने नै थाहा थिएन ।’ 
 
उनी अगाडि भन्छिन्, ‘मलाई पहिलो फिल्मको टिमले नै मण्डला र शिल्पी थिएटरमा नाटक देखाउन लग्नुभएको थियो । यसपछि थिएटरमा नाटक मञ्चन हुँदो रहेछ र पैसा तिरेर हेर्न पाइने रैछ भन्ने थाहा पाएँ । त्यो बेलादेखि नाटकमा अभिनय गर्‍यो भने कस्तो हुन्छ होला भन्ने कौतुहलता जागेको थियो । काम गर्ने इच्छा पनि नभएको होइन । तर, फिल्ममा आएपछि त्यो मौका नै जुरेन ।’
 
२-३ वर्षदेखि भने उनले केही व्यक्तिलाई आफ्नो नाटकमा काम गर्ने इच्छा सुनाएकी रहेछिन् । स्वस्तिमा भन्छिन्, ‘थिएटरबाट फिल्ममा आउने मान्छेको अभिनय नै फरक हुन्छ । त्यो कुरा मैले पनि अनुभव गर्न पाए फिल्ममा केही नयाँ कुरा दिन पाउँछु कि भन्ने महशुस भएको थियो । त्यही समयमा ‘पल्पसा क्याफे’ बाट प्रस्ताव आयो । मलाई नामले नै उत्साहित बनाएको थियो ।’
Most Visited News (monthly)