Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

हल सञ्चालकका लागि जोखिम उठाउँदै सलमान

एजेन्सी, मुम्बई, 2021/01/19
 
सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘राधे’ यस वर्षको ईदमा नै प्रदर्शन हुने भएको छ । सलमानले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् । ‘राधे’ लाई सिनेमा हलमै रिलिज गर्न देशभरका हल सञ्चालक र प्रदर्शकले सलमानलाई अनुरोध गरेका थिए । उनीहरुकै आग्रहमा उनले कोरोना कहरको समयमा फिल्म प्रदर्शन गर्ने जोखिम उठाउन लागेका हुन् । 
 
मंगलवार उनले सोसल मिडियामा लेखेका छन्, ‘क्षमा गर्नुहोस् कि सबै थिएटर मालिकहरुलाई जवाफ दिन लामो समय लाग्यो । यो समयमा यो एक ठूलो निर्णय हो । कोरोनाका कारण समस्यामा रहेका हल सञ्चालकलाई म ‘राधे’ रिलिज गरेर मद्दत गर्न चाहन्छु । बदलामा म हल सञ्चालकहरुसँग ‘राधे’ हेर्न आउने दर्शकका लागि सिनेमा हलमा अत्याधिक सावधानी अपनाउन आग्रह गर्छु ।’
 
सलमानका फिल्म प्रायः ईदमा नै रिलिज हुने गरेका छन् । प्रभु देवा निर्देशित यस फिल्ममा दिशा पटानी, ज्याकी श्राफ, जरीना वहाब र रणदीप हुड्डाको पनि मुख्य भूमिका छ । कोरोनाका कारण सिनेमा हल बन्द भएपछि ‘राधे’ ओटीटी प्लेटफर्ममा रिलिज हुने चर्चा चलेको थियो । तर, सलमानले फिल्मलाई सिनेमा घरमै रिलिज गर्ने भएका छन् । यो फिल्मप्रति सिंगो बलिउडकै आश छ ।
Most Visited News (monthly)