Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सत्यम्’ मा राजेश हमाल, अनुप भिलेन

फिल्मीखबर, काठमाडौं, 2021/01/20
अभिनेता राजेश हमालले ४ वर्षपछि फिल्मको पर्दामा कमब्याक गर्ने भएका छन् । पछिल्लो पटक फिल्म ‘शकुन्तला’ मा देखिएका उनले यसै हप्ता फिल्म ‘सत्यम्’ साइन गरेका छन् । निर्माण टिमसँग ८ महिना लामो छलफलपछि उनी यो फिल्म गर्न तयार भएका हुन् । ‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको फिल्ममा हमालको भूमिका शक्तिशाली रहेको जानकारी प्राप्त छ ।
 
 
 
फिल्ममा ‘ह्यान्डसम भिलेन’ को रुपमा परिचित अनुप विक्रम शाही पनि अनुबन्ध भएका छन् । फिल्ममा उनी भिलेनको रुपमा प्रस्तुत हुनेछन् । यसअघि फिल्म ‘सौर्य’ मा एकसाथ काम गरेका हमाल र शाहीको ‘सत्यम्’ मा भिडन्त हेर्न पाइनेछ । फिल्मका लागि अहिले दुवैले आफ्नो लुक्स परिवर्तनमा मेहनत गरिरहेका छन् । फिल्मले नेपाली समाजभित्रको एक नायकको कथा भन्नेछ ।
 
फिल्मका लागि अहिलेका एक चल्तीका नायक-नायिका पनि लिने निर्माण टिमको तयारी छ । बाँकी कलाकार भने अडिसनबाट छानिनेछ । यो फिल्मको लकडाउनको समयमा सामाजिक सञ्जालबाट निर्माण घोषणा गरिएको थियो । यसबेलादेखि निर्माण टिम राजेश हमालसँग छलफलमा थियो । उनले स्क्रिप्ट र आफ्नो भूमिका चित्त बुझेपछि ४ वर्षपछि फिल्ममा फर्किने निर्णय गरेका हुन् ।
 
 
ठूलो आश गरेका दुई फिल्म ‘बागमती' र 'शकुन्तला’ असफल भएपछि फिल्म छनोटमा सम्यमित भएका हमालले गएको ४ वर्षमा दर्जनौं फिल्म अस्वीकार गरे । आफू फरक ढंगबाट फिल्ममा आउन चाहेको उनको भनाई थियो । यो समयमा उनी आफैंले फिल्म निर्देशन गर्न लागेको चर्चा समेत चलेको थियो । तर, अहिलेसम्म उनले निर्देशन गर्ने फिल्मको काम अगाडि बढ्न सकेको छैन । 
Most Visited News (monthly)