Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धिरज र जसिताको ‘आई एम ट्वान्टी वान’ इन्डक्ल्याप

फिल्मीखबर, काठमाडौं, 2021/02/05
 
कोरोना कहरका बीच यस वर्षको दशैंको घटस्थापनाबाट छायांकन सुरु भएको अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ स्टारर फिल्म ‘आई एम ट्वान्टी वान’ को इन्डक्ल्याप भएको छ । क्यामेरा ‘अन’ भएको ५५औं दिनमा फिल्मको छायांकन सकिएको हो । काठमाडौं, धरान, ललितपुर लगायतका स्थानमा छायांकन भएको फिल्मलाई रेनशा वान्तवा राईले निर्देशन गरेकी हुन् ।
 
निर्देशक राईका अनुसार, अब फिल्मको एक गीत खिच्न बाँकी छ । अन्य दृश्यको छायांकन भने बिहीवारबाट सकिएको उनले जानकारी दिइन् । नृत्यको कथामा आधारित भएर निर्माण भएको फिल्मलाई प्रज्ज्वल शमशेशर जबराले निर्माण गरेका हुन् । उनी, निर्देशक राईका श्रीमान समेत हुन् । आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् । 
 
फिल्ममा वाइल्ड रिभर्स क्रूको कोरियोग्राफी रहेको छ भने रोहित शाक्यले गीतमा संगीत भरेका छन् । यो फिल्मका लागि धिरज र जसिताले एक वर्षसम्म नृत्यको तालिम लिएका थिए । यस फिल्मबाट १२ जना नयाँ अनुहारले डेब्यू गर्न लागेको रेनशाले बताइन् । नेपालमा नृत्यको कथामा फिल्म बनाउन गाह्रो रहेको र आफूले निकै चुनौतीपूर्ण काम सकाएको महशुस भएको उनको भनाई छ ।
 
उनले ‘आई एम ट्वान्टी वान’ नेपाली फिल्म क्षेत्रका लागि नयाँ कोशेली हुने बताएकी छन् । उनले यसअघि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को निर्देशन गरेकी थिइन् । यसबाट निर्देशनमा राम्रो सम्भावना देखाएकी उनी आफू पैसा कमाउने उद्येश्यले फिल्म क्षेत्रमा नआएको बताउँँछिन् । पहिलो पटक धिरज र जसिताले स्क्रिन शेयर गरेका कारण यो फिल्म दर्शकमाझ प्रतिक्षीत छ । 
Most Visited News (monthly)