Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल शाह म्यूजिक भिडियो र फिल्मको ‘किंग’ : केदार घिमिरे

फिल्मीखबर, काठमाण्डौ, 2021/02/06
 
म्यूजिक भिडियो हुँदै फिल्ममा फड्को मारेका अभिनेता पल शाहले एक हजारभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेका छन् । लकडाउनयता मात्र सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरेका उनलाई कतिपयले म्यूजिक भिडियोको ‘किंग’ समेत भन्ने गरेका छन् । उनले अभिनय गरेपछि गीतले यूट्युबमा आक्रामक भ्यूज पाउने विश्वास गायक-गायिका तथा संगीतकारमा छ ।
 
आफ्नो करिअरमा कयैन् नयाँ अनुहारसँग म्यूजिक भिडियोमा स्क्रिन शेयर गरेका पलले पहिलो पटक हास्य कलाकार द्वय दीपाश्री निरौला र केदार घिमिरे ‘माग्ने बुढा’ सँग म्यूजिक भिडियोमा अभिनय गरेका छन् । उनले यसअघि दीपाश्रीसँग भने फिल्म ‘शत्रु गते’ मा काम गरेका थिए । दीपाश्रीले म्यूजिक भिडियोको ‘किंग’ (पल शाह) सँग काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेकी छन् ।
 
‘इस’ बोलको गीत सार्वजनिक कार्यक्रममा उनले भनिन्, ‘लकडाउनमा म्यूजिक भिडियो निर्माण ठप्प थियो । जसका कारण यही क्षेत्रमा आश्रित प्राविधिकदेखि कलाकारहरुलाई आर्थिक समस्या उत्पन्न भएको थियो । त्यसबेला उहाँले गरमागरम बनाउनु थियो । लकडाउनमा धेरै प्राविधिकहरु बेरोजगार भएका थिए । अहिले सबैले रोजगार पाउनुमा म्यूजिक भिडियोको ठूलो हात छ ।’
 
त्यस्तै, कलाकार केदार घिमिरेले पल म्यूजिक भिडियो र फिल्म दुवैको ‘किंग’ रहेको बताए । लकडाउनमा सेलाएको इन्डस्ट्रीलाई जागरुक बनाउन पलले महत्त्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गर्दै  उनले भने- ‘लकडाउनमा पल शाहले म्यूजिक भिडियोमा काम गरिदिँदा धेरैको घरमा चुलो बल्यो । उहाँसँग पहिल्यैदेखि काम गर्ने इच्छा थियो । यसपटक संयोग जुर्‍यो, एकदमै खुसी छु ।’ 
Most Visited News (monthly)