Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चुरीफुरी’ मा अभिषेक हिरो

फिल्मीखबर, काठमाण्डौ, 2021/02/08
 
नेपाली फिल्मका अहिलेका हटकेक अभिनेता अनमोल केसीका डुब्लिकेटको रुपमा चर्चामा आएका अभिषेक श्रेष्ठ अब फिल्मको हिरो बनेका छन् । थुप्रै म्यूजिक भिडियोमा काम गरिसकेका उनले फिल्म ‘चुरीफुरी’ बाट अभिनेताको रुपमा डेब्यू गर्न लागेका हुन् । उनीसँगै यो फिल्मबाट पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजिवजंग बस्नेतले पनि फिल्मी करिअर सुरु गर्दैछन् । 
 
निर्देशक ऋषिराज आचार्यले पुष अन्तिमबाट नायक-नायिकाको नाम गोप्य राख्दै फिल्मको छायांकन सुरु गरेका थिए । फिल्मको सुटिङ सकिने समयमा नायक-नायिका सार्वजनिक गरिएको हो । निर्देशक आचार्यले अभिषेकसहित सबै नयाँ अनुहारहरु अडिसनबाट चयन गरिएको जानकारी दिए । उनका अनुसार, अडिसनमा करिब ८ सय युवा-युवतीले प्रतिस्पर्धा गरेका थिए ।
 
फिल्ममा रबिन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनीता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, मनिल तामाङ, रश्मी आचार्यलगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक आचार्य स्वयं निर्माता रहेको फिल्मको कथा उनकै हो ।
 
समसामयिक विषयमा निर्माण भइरहेको फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिने निर्देशक आचार्यको दाबी छ । रिना ढकाल निर्माता रहेको फिल्मको सह-निर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिब थापा छन् । नविन निरौलाले सम्पादन गर्ने फिल्ममा राहुल राईको छायांकन, भिमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहेको छ । 
Most Visited News (monthly)