Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘आरआरआर’ लाई पाँच भाषाका लागि ३४८ करोड अफर

एजेन्सी, मुम्बई, 2021/02/07
 
साउथका दुई ठूला सुपरस्टार जुनियर एनटीआर र राम चरणले एकसाथ अभिनय गरेको फिल्म ‘आरआरआर’ घोषणाको समयदेखि नै चर्चामा छ । १० भाषामा रिलिज हुन लागेको फिल्मलाई प्रदर्शन मिति घोषणापछि ५ भाषाका लागि ३ सय ४८ करोडको थिएट्रिकल राइट्स अफर मिलेको छ । तर, अहिलेसम्म निर्माण टिमले फिल्मको थिएट्रिकल राइट्स विक्री गरेको छैन । 
 
१३ अक्टुबरमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई तमिल, तेलुगु, कन्नड र मलयालमको थिएट्रिकल राइट्सका लागि ३४८ करोडको अफर मिलेको हो । निजाममा ७५ करोड, आन्ध्र प्रदेशमा १६५ करोड, तमिलनाडुमा ४८ करोड, मलयालममा १५ करोड र कर्नाटकमा ४५ करोडको अफर फिल्मका निर्मातालाई मिलेको छ । टिमलाई बलिउडबाट पनि ठूलो रकम अफर भएको छ ।
 
एसएस राजामौली निर्देशित फिल्मले भारतका स्वतन्त्रता सेनानी कोमाराम भीम र अल्लूरी सीतारामाराजूको युवा दिनको एक काल्पनिक वर्णन गरेको छ । फिल्ममा एनटीआर र राम चरणका अलावा अजय देवगन, आलिया भट्ट, समुथिरकानी, एलीसन डूडीलगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मबाट अजय देवगन र आलिया भट्टले साउथ फिल्ममा डेब्यू गर्दैछन् ।
Most Visited News (monthly)