Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकार संघ चितवनले गर्‍यो कलाकार र पत्रकारलाई सम्मान

फिल्मीखबर, काठमाण्डौ, 2021/02/08
चलचित्र पत्रकार संघ नेपालको चितवन शाखाले एक कलाकारसहित तीन जना चलचित्र पत्रकारलाई नगदसहित सम्मान गरेको छ । आइतबार भरतपुरमा आयोजित साधारण सभा एवं सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा संघले कलाकार ऋद्धिचरण श्रेष्ठ, पत्रकारहरु विजय सुवेदी ‘आवाज’, किशोर खनाल र सुशील पन्तलाई नगद राशीसहित सम्मान तथा पुरस्कृत गरेको हो ।
 
 
कलाकार श्रेष्ठलाई पाँच हजार पाँच सय पाँच रुपैयाँ नगदसहित इन्द्रदेव कलाकारिता पुरस्कारबाट सम्मान गरिएको थियो भने अनलाइन खबरका सुवेदी सेन्ट्रल कलेज राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार, चितवन पोष्टका खनाल एजर एभियसन सक्रिय चलचित्र पत्रकारिता पुरस्कार र एटुजेड समाचारका पन्त नन्दप्रसाद–सुशीला युवा चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानित भए ।
 
तीन पत्रकारलाई पाँच हजार पाँच सय पाँच रुपैयाँ नगदसहित सम्मान गरिएको हो । संघको साधारण सभामा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले कलाकार र पत्रकारहरुले सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण प्रसाद अधिकारी, चलचित्र पत्रकार संघका केन्द्रिय उपाध्यक्ष जीवन पराजुलीलगायतको उपस्थिति थियो ।
 
 
साधारण सभाको बन्द सत्रमा चितवन शाखाका सचिव आनन्द पोखरेलले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रवीन सुवेदीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । साधारण सभाबाट यस वर्ष २० जना पत्रकारहरुलाई चलचित्र पत्रकार संघ चितवनको साधारण सदस्यता वितरण गर्ने निर्णय समेत भएको अध्यक्ष रवि अधिकारीले बताए ।
Most Visited News (monthly)