Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रियंकालाई एक निर्देशकले भनेका थिए, ‘हिरोइन बन्ने भए स्तनको सर्जरी गर’

एजेन्सी, मुम्बई, 2021/02/10
 
अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो संस्मरण ‘अनफिनिश्ड’ का कारण चर्चामा छिन् । यो किताबमा उनले आफ्नो पर्सनल र प्रोफेशनल लाइफसँग जोडिएका कयौं खुलासा गरेकी छन् । यसमध्ये एक किस्सा बलिउडका एक निर्माता तथा निर्देशकको छ, जोसँग उनी पहिलो पटक मिलेकी थिइन् । ती निर्देशकले उनलाई ब्रेस्टसहित तीन अंगको सर्जरी गराउन सल्लाह दिएका थिए ।
 
प्रियंकाका अनुसार, यो घटना त्यसबेलाको हो, जब सन् २००० मा मिस वर्ल्डको उपाधि जितेपछि उनी अभिनय करिअर सुरु गर्न लागेकी थिइन् । उनले पुस्तकमा लेखेकी छन्, ‘केही मिनेटको कुराकानीपछि ती निर्माता तथा निर्देशकले मलाई उभिन र घुम्न भने । मैले त्यसै गरेँ । त्यसपछि मलाई धेरै समय घुरेर हेरे अनि हिरोइन बन्ने भए ब्रेस्ट (स्तन), नितम्ब र गालाको सर्जरी गर्न भने ।’ 
 
पुस्तकमा प्रियंकाले अगाडि लेखेकी छन्, ‘ती निर्देशकले मलाई यो पनि भनेका थिए कि अमेरिकाको लस एन्जिलिसका म राम्रा डाक्टर चिन्दछु, तिमीलाई त्यहाँ पठाउन सक्छु । त्यसबेला मेरो म्यानेजरले पनि ती निर्देशकको कुरामा सहमति जनाएका थिए । पछि मैले ती म्यानेजरलाई पनि हटाएँ ।’ उनले आफूले सबै कुरालाई नजरअन्दाज गरेर काम गरेको पुस्तकमा उल्लेख गरेकी छन् ।
Most Visited News (monthly)