Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कृष्ण लीला’ गीत रिलिज, श्रद्धासँग रोमान्टिक पुष्प (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2021/02/12
 
अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री अभिनीत लभस्टोरी फिल्म ‘कृष्ण लीला’ को पहिलो गीत सार्वजनिक भएको छ । आउँदो चैत २७ लाई प्रदर्शन मिति घोषणा गर्दै शुक्रवार सार्वजनिक गरिएको ‘कुनै दिन’ बोलको रोमान्टिक गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । पुरुषोत्तम ढुंगेल र नारायण सापकोटाको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । 
 
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको अडियो र भिडियो बलियो बनेको छ । गीतको भिडियोलाई आकर्षक बनाउन निर्माण टिमले खर्चमा कन्जुसाई गरेको छैन । गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्री रोमान्टिक अवतारमा प्रस्तुत छन् । गीतले यी दुईको प्रेम भाव बोल्छ । पूर्वी इलामको चियाबारी आसपासमा खिचिएको गीतको भिडियोमा मेकिङ क्वालिटी पनि उच्च देखिएको छ । 
 
दीपक ओलीको निर्देशन रहेको ‘कृष्ण लीला’ मा पुष्प र श्रद्धाका अलावा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको अभिनय रहेको छ । शिव ढकालले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ । फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । 
 
अर्जुन जिसीले सम्पादन गरिरहेको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्माताको रुपमा छन् । पुष्प यो फिल्ममा आफूले अहिलेसम्मकै भिन्न भूमिका निर्वाह गरेको बताउँछन् । तर, चैत २७ मा ‘कृष्ण लीला’ सँगै आफू अभिनीत अर्को फिल्म ‘मनसँग मन’ एकसाथ रिलिज हुने भएपछि उनी तनाबमा छन् ।
 
भिडियो :- 
 

Most Visited News (monthly)