Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

‘टाइगर ३’ मा भिलेन इमरान ?

एजेन्सी, मुम्बई, 2021/02/12
 
अभिनेता सलमान खानका प्रशंसक लामो समयदेखि सफल फ्रेन्चाइज ‘टाइगर’ को तेस्रो पार्टको प्रतिक्षा गरिरहेका छन् । फिल्मको पछिल्लो दुई पार्ट बक्सअफिसमा ब्लकबस्टर भएको थियो । अब यसका निर्माताले तेस्रो पार्टको तयारी सुरु गरेका छन् । यसमा सलमानले फेरि एकपटक अभिनेत्री कटरीना कैफसँग काम गर्नेछन् । मार्चबाट फिल्मको छायांकन सुरु हुने बताइएको छ ।
 
यसपटक फिल्ममा भिलेनको भूमिकामा अभिनेता इमरान हाशमीको प्रवेश हुने सम्भावना प्रवल देखिएको छ । टीओआईले ‘टाइगर ३’ मा उनी भिलेनको रोलमा देखिन लागेको दाबी गरेको छ । तर, यो खबरलाई निर्माण टिमले पुष्टि गरेको छैन । यद्यपि, प्रोडक्शन हाउसले इमरान यो रोलमा फिट देखिने महशुस गरेको छ । उनमा यो भूमिका निभाउने क्षमता रहेको निर्मातामा विश्वास छ ।
 
फिल्मको सुटिङको पहिलो सेड्युल मुम्बईमा हुनेछ । भारतीय मिडियाका अनुसार, ‘टाइगर ३’ निर्माणका लागि निर्माता आदित्य चोपडाले २ अर्ब १५ करोड भारतीय रूपैयाँको बजेट राखेका छन् । फिल्मको प्रिन्ट र पब्लिसिटीका लागि २० देखि २५ करोड भारतीय रूपैयाँ छुट्याइएको छ । फिल्म खेलेबापत लगभग एक अर्ब भारतीय रूपैयाँ सलमानले लिने अनुमान गरिएको छ ।
Most Visited News (monthly)