Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7141 - 7146 of 23775
फिल्मीखबर, काठमाण्डौ, 2021-02-23, मंगलवार

अभिनेता राजेश हमालले तीन दशकभन्दा लामो समय नेपाली फिल्म क्षेत्रमा विताइसकेका छन् । यो अवधिमा तीन सय बढी फिल्ममा अभिनय गरेका उनी पछिल्लो पटक फिल्म ‘शकुन्तला’ मा देखिएका थिए । यो फिल्मको असफलताले नराम्रोसँग हच्किएका उनले गएको चार वर्ष कुनै फिल्म साइन गरेनन् । अब उनी फिल्म ‘सत्यम्’ बाट पर्दामा पुनरागमन गर्ने तयारीमा छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-02-23, मंगलवार

‘मैले जति गरेँ आफ्नो पकेटले गरेँ । मलाई के लाग्छ भने समाजसेवा गर्ने हो भने तपाईं सम्पन्न हुनुपर्‍यो । तपाईंसँग एक लाख रुपैयाँ मागेर समाजसेवी कसरी हुन्छ, म त डिस्ट्रिव्यूटर भएँ नी । त्यसैले मैले जति गरेँ आफ्नो पकेटबाट गरेँ र अब जुन योजना बनाएको छु, त्यसमा पैसा लाग्दैछ,’ अभिनेत्री रेखा थापाले एक अन्तर्वार्तामा राखेको विचार हो यो । पैसा मागेर समाजसेवी नहुने उनको तर्क छ ।

फिल्मीखबर, काठमाण्डौ, 2021-02-22, सोमवार

आउँदो नयाँ वर्ष २०७८ को छेको पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी अभिनीत फिल्म ‘मनसँग मन’ को सम्पूर्ण छायांकन सकिएको छ । कालिञ्चोकमा एक रोमान्टिक गीत खिच्दै फिल्मको छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ । ‘सही दिउँला तिम्रो लागि’ बोलको गीत कालिञ्चोकमा खिचिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2021-02-22, सोमवार

‘लभ डायरीज’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रसाद २’ मा अभिनेता तथा निर्देशक निश्चल बस्नेत भित्रिएका छन् । स्क्रिप्टमा लामो छलफलपछि सोमवार उनले फिल्म साइन गरेका हुन् । सोमवार निर्माता सुभाष थापा र निश्चलबीच कागजी सम्झौता भएको हो । फिल्ममा यसअघि नै अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ अनुबन्ध भइसकेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-02-22, सोमवार

ऋषिराज आचार्यको निर्माण र निर्देशन रहेको कमेडी फिल्म ‘चुरीफुरी’ को सम्पूर्ण छायांकन सकिएको छ । गएको पुष अन्तिमबाट छायांकन थालिएको फिल्मको करीब ४३ दिनमा ‘इन्डक्ल्याप’ भएको हो । यो फिल्मबाट अभिनेता अनमोल केसीको डुब्लिकेटका रुपमा चर्चामा आएका अभिषेक श्रेष्ठले नायकको रुपमा डेब्यू गर्दैछन् । फिल्ममा उनको अपोजिटमा पूजा पन्त देखिँदैछिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-02-22, सोमवार

नेपाली फिल्मका अहिलेका हटकेक अभिनेता पल शाह सोमवार आफ्नो ३१औं जन्मदिन मनाउँदैछन् । २०४६ साल फागुन १० गते दाङमा जन्मिएका उनले म्यूजिक भिडियाबाट नेपाली फिल्ममा फड्को मारेका हुन् । निर्देशक विकासराज आचार्यले फिल्म ‘नाईं नभन्नू ल ४’ बाट उनलाई लिड हिरोको रुपमा ब्रेक दिएका थिए । उनको पहिलो फिल्म नै बक्सअफिसमा हिट भएको थियो ।

Results : 7141 - 7146 of 23775
Most Visited News (monthly)