Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तडप’ बाट डेब्यू गर्दै सुनिल सेट्टीका छोरा

एजेन्सी, मुम्बई, 2021/03/02
 
एक समय बलिउडमा आफ्नो बलियो दबदबा बनाएका अभिनेता सुनिल सेट्टीले छोरी अथियापछि छोरा अहान सेट्टीलाई पनि आफूले हिँडेको बाटो (अभिनय) मा ल्याएका छन् । मंगलवार अहान स्टारर पहिलो फिल्म ‘तडप’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अभिनेता अक्षय कुमारले सामाजिक सञ्जालको माध्यमबाट फिल्मको रोमान्टिक पोस्टर सार्वजनिक गरेका हुन् । 
 
अक्षयले फिल्मको पोस्ट शेयर गर्दै लेखेका छन्, ‘अहान, तिम्रो लागि ठूलो दिन हो । मलाई आज पनि तिम्रो पिता सुनिल सेट्टीको फिल्म ‘बलवान’ को पोस्टर याद छ र म आज तिम्रो फिल्मको पोस्टर रिलिज गर्दैछु । म निकै खुसी र गर्व महशुस गर्दैछु ।’ साजिद नाडियाडवाला निर्मित फिल्ममा अहानको अपोजिटमा तारा सुतारियामा छिन् । फिल्म २०२१ को सेप्टेम्बरमा रिलिज हुनेछ । 
 
फिल्मको दुई पोस्टरमध्ये एकमा अहान बाइकमाथि सुतेर चुरोट तानिरहेका छन् भने अर्कोमा तारासँग रोमान्टिक अवतारमा देखिएका छन् । अहानको बलिउड डेब्यूलाई लिएर २०१७ मा सुनिल सेट्टीले छोरा सुरक्षित हातमा रहेको बताएका थिए । छोराभन्दा अगाडि उनकी छोरी अथिया सेट्टीले २०१५ मा सलमान खानले निर्माण गरेको फिल्म ‘हिरो’ बाट डेब्यू गरेकी थिइन् । 
Most Visited News (monthly)