Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रभासको ‘सलार’ र रणवीरको ‘एनिमल’ रिलिज घोषणा

फिल्मीखबर, काठमाडौं, 2021/03/01
 
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण सन् २०२० बलिउडका लागि निकै खराब रह्यो । २०२१ भने बलिउडलाई फलदायी वर्ष सावित हुने देखिएको छ । किनकि, यस वर्ष कोरोनाका कारण रोकिएका र हाल छायांकन भइरहेका ठूला फिल्महरु प्रदर्शनमा आउँदैछन् । नयाँ वर्षदेखि एकपछि अर्का बलिउड फिल्महरुले प्रदर्शन मिति घोषणा गरिरहेका छन् । 
 
यसबीच, साउथ सुपरस्टार प्रभास स्टारर फिल्म ‘सलार’ र रणवीर कपूरको अभिनय रहने फिल्म ‘एनिमल’ को प्रदर्शन मिति घोषणा भएको छ । दुवै फिल्म २०२२ मा प्रदर्शनमा आउनेछन् । ‘सलार’ ले २०२२ अप्रिल १४ लाई प्रदर्शन मिति घोषण गरेको छ । प्रशान्त नीलले निर्देशन गर्ने फिल्ममा प्रभासको अपोजिटमा श्रुति हसन देखिनेछिन् । फिल्मको मुहूर्त यस वर्षको जनवरीमा भएको थियो । 
 
त्यस्तै, ‘एनिमल’ भने २०२२ को विजयदशमीमा प्रदर्शन हुनेछ । सन्दिप रेड्डीले निर्देशन गर्ने फिल्ममा रणवीरको अलावा बबी देओल, अनिल कपूर र परिणीति चोपडाको पनि मुख्य भूमिका रहनेछ । भूषण कुमारको टि-सिरिज, प्रणय रेड्डी वांगाको भद्रकाली पिक्चर्स र मुराद खेतानीको सिने स्टूडियो निर्माण गर्ने फिल्ममा अनिल र रणवीर पिता-छोराको भूमिकामा देखिने बताइएको छ ।
Most Visited News (monthly)