Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7123 - 7128 of 23775
एजेन्सी, मुम्बई, 2021-02-27, शनिवार

निर्देशक सञ्जय लीला भन्सालीले वुधबार आफ्नो ५८औं जन्मदिनको अवसरमा फिल्म ‘गंगूबाई काठियावाडी’ को टिजर सार्वजनिक गरेका थिए । दर्शकहरुले फिल्मको टिजर निकै रुचाएका छन् । अब यो फिल्ममा अभिनेता अजय देवगनको प्रवेश भएको छ । उनले शुक्रवार फिल्म साइन गरेका हुन् । फिल्ममा उनी महत्त्वपूर्ण भूमिकामा देखिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-02-26, शुक्रवार
अभिनेता पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानबीचको विवाद टुंगिएको छ । शुक्रवार दिउँसो ४ बजे इलाका प्रहरी कार्यलय धरान, सुनसरीमा भएको दुई घण्टा लामो छलफलमा दुवै पक्षले आफूबाट भएको गल्ती स्वीकार गर्दै माफी मागेपछि विवादले किनारा पाएको हो । दुवै पक्षले एकअर्कासँग माफी मागेपछि विवाद सल्टिएको प्रहरीले बताएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2021-02-26, शुक्रवार

अभिनेत्री स्वस्तिमा खड्काले साउथ फिल्ममा डेब्यू गर्ने भएकी छन् । नेपाल र भारतमा छायांकन हुन लागेको दक्षिण भारतीय फिल्म ‘थिरिमाली’ मा उनले अभिनय गर्न लागेकी हुन् । बिहीवार राजधानीको एक होटलमा निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको हो । अहिले फिल्मको निर्देशक र निर्मातासहितको टोली लोकेशन र कलाकार छनोटका लागि नेपालमा छ ।

फिल्मीखबर, काठमाडौं, 2021-02-26, शुक्रवार

अभिनेता पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानबीचको विवाद झन् चर्किँदै गएको छ । बिहीवार अध्यक्ष प्रधानले एक होटलमा खाना खाइरहेको समयमा आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा पलविरुद्ध उजुरी दिएका थिए । पलका म्यानेजर कृष्णप्रसाद जोशीले आफूमाथि आक्रमण गरेको उनको आरोप छ ।

फिल्मीखबर, काठमाण्डौ, 2021-02-26, शुक्रवार

रामबाबु गुरुङ निर्देशित तथा निर्मित सुपरहिट फिल्म ‘कबड्डी’ को चौथौ सिक्वेल पनि निर्माण हुने भएको छ । गत वर्ष प्रदर्शनमा आएको ‘कबड्डी कबड्डी कबड्डी’ को सफलतापछि निर्माण टिम चौथो पार्टको तयारीमा जुटेको हो । शुक्रवार निर्देशक गुरुङले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै ‘कबड्डी ४’ को औपचारिक निर्माण घोषणा गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2021-02-26, शुक्रवार
नेपाली फिल्म क्षेत्रको शक्तिशाली समुह मानिने दीपकराज गिरी र दीपाश्री निरौलाको टिम फिल्म ‘छ माया छपक्कै’ पछि हिट सिरिज ‘छक्का पञ्जा’ को चौथो पार्ट निर्माणको तयारीमा जुटेको थियो । तर, स्क्रिप्टमा काम हुँदै गर्दा कोरोनाका कारण देश लकडाउन भएपछि यो समुहले फिल्म निर्माणमा हतार गरेको छैन । यद्यपि, दीपकराज फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । 
 
Results : 7123 - 7128 of 23775
Most Visited News (monthly)