Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

अमेरिकामा पनि खिचियो ‘परदेशी २’

फिल्मीखबर, काठमाडौं, 2021/03/01
 
अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरुको विषयवस्तुमा निर्माण भएको नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ अमेरिकामा पनि छायांकन गरिएको छ । फिल्मको छायांकनका लागि गएको हप्ता निर्देशक रायमाझी अमेरिका उडेका थिए । अमेरिकाको बाल्टिमोरमा रहेको नेपाल हाउस लगायतका विभिन्न स्थानमा फिल्मको छायांकन भएको उनले जानकारी दिए । 
 
अमेरिकाको सिनमा दीलिप रायमाझी, अमेरिकन कलाकार तारा लिन्हार्ट, लोक गायक प्रेमराजा महत र प्राज्ञी सुनारले अभिनय गरेका छन् । अमेरिकामा छायांकनसँगै फिल्मको सुटिङ प्याकअप भएको छ । कोरोनाका कारण विदेशमा छायांकन सम्भव नहुने देखेपछि निर्माण टिम अमेरिकाको सिन नेपालमै खिच्ने तयारीमा थियो । त्यहाँ छायांकन गर्ने माहोल दीलिपले मिलाएका हुन् ।
 
नेपालको काठमाडौं, पोखरा, पाल्पा, चितवनमा छायांकन भएको फिल्मको कथा रमेश विजीले लेखेका हुन् । राजेश वंशल र नारायण रायमाझीले निर्माण गरेको फिल्ममा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू प्रमुख भूमिकामा छन् । फिल्मको प्रदर्शन मिति २०७८ सालको दशैंलाई घोषणा गरिएको छ ।
 
सुदिप कुँवर मुख्य सहायक निर्देशक रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन छ । यसअघि ‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता सुपरहिट फिल्मको निर्देशन गरेका रायमाझी ‘परदेशी २’ ले उठान गरेको विषयवस्तुले दर्शकको मन जित्नेमा विश्वस्त छन् । 
Most Visited News (monthly)