Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7129 - 7134 of 23775
एजेन्सी, मुम्बई, 2021-02-25, बिहिवार

अभिनेत्री कंगना रनोट र अभिनेता आर माधवन अभिनीत सुपरहिट फिल्म ‘तनु वेड्स मनु’ रिलिजको १० वर्ष पूरा भएको छ । आनन्द एल रायको निर्देशनमा बनेको फिल्म २५ फेब्रअरी २०११ मा रिलिज भएको थियो । कंगनाले योे फिल्मले आफ्नो करिअरको दिशा बदल्न ठूलो मद्दत गरेको र स्वर्गीय अभिनेत्री श्रीदेवीपछि फिल्ममा कमेडी गर्ने आफू एकमात्र अभिनेत्री रहेको बताएकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-02-25, बिहिवार

अभिनेत्री वर्षा सिवाकोटीलाई ‘लक्की नायिका’ भन्ने गरिन्छ । किनकि, उनी सोलो अभिनेत्री रहेका फिल्म सफल नभए पनि यसले उनको करिअरमा रत्तिभर असर पारेको छैन । कोरोना महामारीभन्दा अगाडि उनको जुन प्रकारको व्यस्तता फिल्ममा थियो, अहिले पनि उस्तै छ । लकडाउन अगाडि ‘परदेशी २’ को छायांकन गरेकी उनले लकडाउनमा फिल्म ‘श्री’ को छायांकन सकिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-02-25, बिहिवार

रियालिटी शो ‘नेपाल आइडल र कमेडी च्याम्पियन’ पछि रीमा विश्वकर्मालाई अभिनेत्री वा मोडलभन्दा उद्घोषकको रुपमा चिन्ने दर्शक धेरै छन् । एक दशक अगाडि फिल्म ‘स्वर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले आजसम्म फिल्मबाट हिटको सुख प्राप्त गर्न सकेकी छैनन् । जुन सफलताको सुख उनलाई ‘नेपाल आइडल र कमेडी च्याम्पियन’ ले उद्घोषकको रुपमा दियो । 

फिल्मीखबर, काठमाडौं, 2021-02-25, बिहिवार

धेरै नेपाली कलाकारका लागि बलिउड सपना हो । बलिउडमा काम पाउने सपना बुनेर वर्षैपिच्छे नेपाली कलाकारहरु मुम्बई हानिने गरेका छन् । तर, बलिउडमा काम गर्ने अवसर एकाधले मात्र पाएका छन् । अभिनेत्री मनीषा कोइरालाबाहेक नेपाली कलाकारहरु बलिउडमा लामो समय टिकेका उदाहरण ज्यादै कम छन् । केही अझै सपना पूरा गर्न संघर्ष गरिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-02-24, बुधवार

चर्चित पार्श्व गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधवार प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अञ्जु र थिर करीब एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा बिहे गरेका हुन् । दुवैले क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा बिहे गरेको बुझिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2021-02-24, बुधवार

अभिनेत्री आलिया भट्ट अभिनीत फिल्म ‘गंगूबाई काठियावाडी’ को टिजर बुधवार सार्वजनिक भएको छ । टिजरमा आलियाको दमदार अवतार देख्न सकिन्छ । १ मिनेट ३१ सेकेण्ड लामो टिजरमा उनी मात्रै छाएकी छन् । टिजरको सुरुवात भ्वाइस ओभरबाट हुन्छ । जसमा एक पुरुषले भनेका छन्, ‘भन्ने गरिन्छ कमाठीपुरममा कहिले औंसीको रात हुँदैन किनकि त्यहाँ गंगू बस्छे ।’

Results : 7129 - 7134 of 23775
Most Visited News (monthly)