
‘पशुपति प्रसाद, आमा’ जस्तो सफल फिल्म दिएका दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘चिसो मान्छे’ को सोमवारबाट छायांकन सुरु भएको छ । ललितपुरको महालक्ष्मीस्थान मन्दिरमा मुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो । मुहूर्तपछि अभिनेता अर्पण थापाको दृश्य ग्वार्कोका सडकमा खिचिएको छ । काठमाडौंमा चार दिन फिल्मको छायांकन हुनेछ ।

एक समय अभिनेता पल शाहको जोडी अभिनेत्री आँचल शर्मासँग दर्शकहरुले निकै रुचाएका थिए । तीन फिल्म र सयभन्दा बढी म्यूजिक भिडियोमा उनीहरुले सँगै काम गरेका छन् । आँचल विवाह बन्धनमा बाँधिएपछि भने उनीहरुको सहकार्य भएको छैन । अहिले उनीहरुबीच राम्रो सम्बन्ध नरहेको बताइन्छ । आँचलपछि भने पलको जोडी अरु मोडलहरुसँग उतिधेरै रुचाइएको थिएन ।

कोरोनाका कारण भएको ९ महिना लामो लकडाउनपछि बलिउडमा आक्रामक रुपमा काम भइरहेको छ । र, सबैभन्दा तीव्र गतिमा अभिनेता अक्षय कुमारले काम गरिरहेका छन् । उनले आफ्ना पुराना प्रोजेक्टको छायांकन पूरा गरिरहेका छन् भने नयाँ फिल्म पनि साइन गरिरहेका छन् । अहिले उनीसँग यति धेरै प्रोजेक्ट छ कि साइन गरेको फिल्म समेत छाड्नु पर्ने अवस्था छ ।

कोरोनाका कारण देश लकडाउन भएपछि अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन ९ महिना रोकियो । सबै क्षेत्र खुलिसक्दा पनि सरकारले छायांकन अनुमति नदिएपछि निर्माण टिमले जबरजस्ती रुपमा यसपालीको दशैंबाट फिल्मको बाँकी छायांकन सुरु गरेको थियो । मंसिर अन्तिमसम्म छायांकन गरेर फिल्मको पुनः दुई महिनाका लागि छायांकन रोकियो ।

सन् २००५ मा ‘मिस टिन नेपाल’ को उपाधि जितेपछि रंगिन दुनियाँमा प्रवेश गरेकी अभिनेत्री प्रियंका कार्की शनिवारबाट ३३ वर्षकी भएकी छन् । २०४४ साल फागुन १५ गते काठमाडौंमा जन्मिएकी उनले यसपटकको आफ्नो जन्मदिन माल्दिभ्समा माइरहेकी छन् । उनलाई श्रीमान आयुष्मान देशराज जोशीले साथ दिएका छन् । यो जोडीले गत वर्षको फागुनमा लगनगाँठो कसेको थियो ।

कुनै समय अभिनेत्री सञ्चिता लुईटेललाई नेपाली फिल्ममा भ्याइनभ्याइ थियो । उनलाई फिल्मका लिनका लागि निर्माता/निर्देशकहरु महिनै कुर्ने गर्थे । १८ वर्षको उमेरमा फिल्म ‘अप्सरा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले आफ्नो दुई दशक लामो करिअरमा कयौं यादगार फिल्ममा काम गरेकी छन् । दुई सन्तानको आमा भएपछि भने उनी अभिनयमा खासै सक्रिय छैनन् ।

