Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेविकालाई मिलनको साथ

फिल्मीखबर, काठमाण्डौ, 2021/03/03
 
२०७४ सालमा निर्देशक मिलन चाम्सले नव-अभिनेत्री द्वय जसिता गुरुङ र रेविका गुरुङसँग अभिनेता प्रदीप खड्काको जोडी बाँध्दै फिल्म ‘लिलिबिली’ घोषणा गरेका थिए । सम्पूर्ण छायांकन बेलायतमा हुने भएकाले फिल्मका लागि फाइनल भएका प्रमुख कलाकारको भिषा लाग्न जरुरी थियो । प्रदीप र जसितालाई बेलायतले पत्यायो तर रेविकालाई भिषा दिन अस्वीकार गर्‍यो ।
 
चाम्सको टिमले दोस्रो पटक पनि रेविकाको भिषाका लागि प्रयास गरेको थियो । तर, दोस्रो पटक पनि भिषा रिजेक्ट भएपछि स्क्रिप्ट परिवर्तन गरेर उनको ठाउँमा अभिनेत्री प्रियंका कार्कीलाई अनुबन्ध गरिएको थियो । बेलायतको भिषा नलाग्दा ‘लिलिबिली’ मा चर्चामा मात्र सीमित भएकी रेविकाले नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्ने अवसर पाइन् । 
 
यो फिल्ममा उनको अभिनयको निकै प्रशंसा भएको थियो । तर, दुर्भाग्य ! फिल्म चलिदिएन । यसपछि उनले कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्म ‘म’ मा काम गरिन् । यो फिल्म प्रदर्शनको तयारीमा छ । अब उनले तेस्रो फिल्मको रुपमा मिलन चाम्सको ‘गोर्खा वारियर २’ मा काम गर्ने भएकी छन् । मंगलवार एक कार्यक्रमका बीच यो फिल्मको निर्माण घोषणा गरियो  ।
 
बेलायतको भिषा रिजेक्ट हुँदा ‘लिलिबिली’ मा अभिनेत्री बनाउन नसके पनि चाम्सले रेविकाको साथ छाडेका छैनन् । उनले रेविकालाई ‘दशैं तिहार’ बोलको म्यूजिक भिडियोमा अभिनय गराइसकेका छन् । अब फिल्ममै अवसर दिएका छन् । तर, यो फिल्म पनि बेलायतमा खिचिने भएकाले फेरि भिषा नलागेर रेविका फिल्मबाटै बाहिरिनु पर्ने त होइन ? कामना गरौं त्यस्तो नहोस् ।
Most Visited News (monthly)