Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेमगञ्ज’ का लागि कलाकारको खोजी

फिल्मीखबर, काठमाण्डौ, 2021/03/04
 
कोरोना भाइरसका कारण धरासायी अवस्थामा पुगेको नेपाली फिल्म क्षेत्र पुनः आफ्नो लयमा फर्किँदैछ । सरकारले फिल्म क्षेत्रका गतिविधि सुचारु गर्न अनुमति दिएपछि सिनेमा हलहरु ९ महिनापछि सञ्चालनमा ल्याए । फिल्म निर्माणले पनि गति लिन थालेको छ । यतिबेला निर्माणको तयारीमा रहेका धेरै फिल्महरुले कथा सुहाउँदो पात्रका लागि अडिसन घोषणा पनि गरिरहेका छन् । 
 
यसबीच, चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको फिल्म ‘प्रेमगञ्ज’ ले पनि अडिसनबाट कलाकार छनोट गर्ने भएको छ । एक जना मुख्य नायक र दुई जना मुख्य अभिनेत्रीसहित अन्य चरित्र अभिनेता तथा अभिनेत्रीका लागि अडिसन आह्वान गरिएको निर्माण टिमले जानकारी दिएको छ । कान्तिपुर फिल्म एकेडेमी थापागाँउमा यही फागुन २७ गते बिहीवार अडिसन हुनेछ ।
 
विगत २५ बर्षदेखि नेपाली फिल्ममा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँलले पहिलो पटक निर्माण गर्न लागेको फिल्मलाई परिच्छेद सेनले निर्देशन गर्नेछन् । यसअघि दर्जनौं सर्ट फिल्मको निर्देशन गरिसकेका उनको नयाँ फिल्म ‘म’ प्रदर्शनको तयारीमा छ । फिल्मका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् । फिल्म पूर्णत प्रेमकथामा आधारित हुने बताइएको छ ।
Most Visited News (monthly)