Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘आँधी तुफान २’ घोषणा, को-को छन् कलाकार ?

फिल्मीखबर, काठमाडौं, 2021/03/04
 
०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको फिल्म ‘आँधी तुफान’ को १६ वर्षपछि सिक्वेल घोषणा गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको फिल्ममा कलाकारदेखि निर्देशकसम्म परिवर्तन भएका छन् । अघिल्लो पार्टमा पूजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामीछाने मुख्य भूमिकामा थिए । फिल्मले बक्सअफिसमा राम्रो कमाई गरेको थियो । 
 
यसको दोस्रो पार्टमा आरती आचार्य, पुनम गौतम र याङ्सु श्रेष्ठ मुख्य भूमिकामा देखिने भएका छन् । उनीहरुले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेका हुन् । मदन घिमिरेले निर्देशन गर्ने फिल्ममा मुख्य नायकमा सञ्जय खतिवडा छन् । मुकुन्द थापा, धुव्र कोइराला, कनिज कोइराला, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम लगायतको पनि फिल्ममा अभिनय रहनेछ ।
 
चैतबाट छायांकन सुरु हुन लागेको फिल्मका प्रस्तुतकर्ता मौनता श्रेष्ठ हुन् । उनले नै फिल्मको कथा लेखेका हुन् । रामशरण उप्रेतीको छायांकन, प्रेम चल्ठेको द्वन्द्व, सुरेश अधिकारीको संगीत, रानी शाक्यको स्वर, कमल राईको कोरियोग्राफी, हरी उप्रेती र दिनेश सुवेदीको गीत लेखन रहने ‘आँधी तुफान २’ नारी प्रधान सस्पेन्स थ्रिलर कथामा बन्ने निर्देशक घिमिरेले जानकारी दिए । 
 
 
‘एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा फिल्मले भन्नेछ । मैले एक्सन र पारिवारिक दुवै प्रकारका सफल फिल्म बनाएको छु । यसपटक एक्सनलाई प्राथमिकता दिएर उत्कृष्ट फिल्म बनाउने प्रयास गर्नेछु,’ उनले भने । फिल्मलाई निर्माता संघका महासचिव रोज राणा, एफडी कम्पनीका अध्यक्ष सुशील पोखरेल, वितरक गोपाल कायस्थले शुभकामना दिएका थिए ।
 
तस्विर : आर्यन विमली
Most Visited News (monthly)