
आउँदो चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको लभस्टोरी फिल्म ‘कृष्ण लीला’ को दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको ‘कुनै दिन’ बोलको गीतले राम्रो चर्चा बटुल्न सफल भएपछि निर्माण टिमले शुक्रवार ‘डियर बन्न मन छ’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो । गीतमा गायक निशान भट्टराई र गायिका समिक्षा अधिकारीले आफ्नो स्वर दिएका छन् ।
अर्जुन पोखरेलको संगीत र नारायण प्रसाद बाँस्कोटाको शब्द रचना रहेको गीतले प्रेमभाव बोल्छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा फिल्मका मुख्य नायक पुष्प खड्का र मुख्य नायिका श्रद्धा क्षेत्रीसहित कलाकारहरु बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ लगायत फिचर छन् । आकर्षक सेटअप तयार पारेर खिचिएको गीतको अडियो र भिडियो बलियो छ ।
‘कुम्भ करण, पण्डित बाजेको लौरी’ फेम्ड निर्देशक दीपक ओलीको निर्देशनमा बनेको ‘कृष्ण लीला’ मा नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । शिव ढकालले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ । फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।
पूर्वी इलाम आसपासमा खिचिएको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरिरहेका छन् । फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् । पुष्प यो फिल्म आफ्ना लागि विशेष रहेको बताउँछन् । यसमा आफूले निर्वाह गरेको भूमिका अघिल्ला फिल्ममा भन्दा विल्कुलै फरक रहेको उनको दाबी छ ।
गीत हेर्नुहोस् :-

