Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो बन्यो राणा दग्गुबातीको ‘हाथी मेरे साथी’ ट्रेलर

एजेन्सी, मुम्बई, 2021/03/04
 
फिल्म ‘बाहुबली’ मा भल्लालदेवको भूमिका निर्वाह गरेपछि चर्चामा आएका अभिनेता राणा दग्गुबाती स्टारर फिल्म ‘हाथी मेरे साथी’ को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेटको ट्रेलरमा जंगली हात्तिलाई बचाउन एक व्यक्तिले गरेको संघर्ष देखाइएको छ । ट्रेलरमा दग्गुबातीको अभिनयले मन छुन्छ । ट्रेलरसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति २६ मार्चलाई घोषणा गरेको छ ।
 
इरोस इन्टरनेसनलले निर्माण गरेको यो फिल्म हिन्दीसहित तमिल र तेलुगू भाषामा बनेको छ । पुलकित सम्राट, श्रिया पिलगांवकर, जोया हुसेनको पनि अभिनय रहेको फिल्मलाई प्रभु सोलोमनले निर्देशन गरेका हुन् । फिल्ममा राणा दग्गुबाती बनदेव नामक एक जंगल म्यानको भूमिकामा छन् । ‘बाहुबली’ सिरिज र ‘द गाजी अट्याक’ पछि ‘हाथी मेरे साथी’ उनको तेस्रो त्रिभाषी फिल्म हो । 
 
यो फिल्मका लागि उनले ३० केजीभन्दा धेरै वजन घटाएका छन् । यसबारेमा उनले भनेका छन्, ‘प्रभु सर चाहनुहुन्थ्यो कि फिल्ममा सबै रियल र अर्गानिक होस् । मेरो लागि ३० केजी तौल घटाउन निकै मुश्किल थियो । किनकि, म बडी फिजिकवाला हुँ । बनदेवको चरित्रमा दुब्लो देखिन मैले व्यापक फिजिकल ट्रेनिङ लिनुपर्‍यो । यो मेरो लागि अद्भुत र सिक्ने एउटा अनुभव रह्यो ।’
 
ट्रेलर हेर्नुहोस् :- 
 

Most Visited News (monthly)