Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

नेपालमा खिचिएको ‘सन्दिप और पिंकी फरार’ को ट्रेलर रिलिज

एजेन्सी, मुम्बई, 2021/03/09
 
अर्जुन कपूर र परिणीति चोपडा अभिनीत फिल्म ‘सन्दिप और पिंकी फरार’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । १ मिनेट ४६ सेकेण्डको ट्रेलरमा फिल्मको मूल द्वन्द्व प्रस्ट्याइएको छैन । अर्जुन र परिणीतिको भेट भएपछि आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । यशराज फिल्मस्को ब्यानरमा बनेको फिल्म यही १९ मार्चबाट प्रदर्शनमा आउँदैछ । 
 
दिबाकर बनर्जी निर्देशित यो फिल्मको नेपालमा पनि छायांकन भएको छ । नेपाल–भारत सीमानामा पर्ने बैतडी झुलाघाट नाका क्षेत्रमा छायांकन गर्न दुई वर्ष अगाडि फिल्मको टिम नेपाल आएको थियो । सार्वजनिक ट्रेलरमा नेपालका केही दृश्यहरु देख्न सकिन्छ । पहिलो ट्रेलरमा पनि नेपालका दृश्य समावेश थियो । फिल्मको २५ प्रतिशत छायांकन नेपालमा भएको बुझिएको छ । 
 
फिल्ममा जयदीप अहलावत र नीना गुप्ताको पनि प्रमुख भूमिका छ । अर्जुन र परिणीतिले यसअघि फिल्म ‘इशकजादे’ मा पहिलो पटक सँगै काम गरेका थिए । यसपछि फिल्म ‘नमस्ते इंगल्याण्ड’ मा उनीहरुको सहकार्य भएको थियो । नेपाली भूमिमा छायांकन भएकाले ‘सन्दिप और पिंकी फरार’ नेपाली दर्शकमाझ प्रतिक्षीत छ । तर, अहिलेसम्म यो फिल्म नेपाल आउने-नआउने टुंगो छैन । 
 
ट्रेलर हेर्नुहोस् :-
 

Most Visited News (monthly)