Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सकियो ‘गणपति’ को छायांकन

फिल्मीखबर, काठमाडौं, 2021/03/10
अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानले पहिलो पटक सँगै काम गरेको फिल्म ‘गणपति’ को सुटिङ प्याकअप भएको छ । माघ ८ गते बन्दीपूरमा क्यामेरा ‘अन’ भएको फिल्मको हालै मात्र सम्पूर्ण छायांकन पूरा भएको हो । फिल्मको छायांकन सकेर निर्माण टिम काठमाडौं फर्किसकेको छ । अहिले फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक सविन अधिकारीले जानकारी दिए ।
 
 
फिल्मको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुबास आसपासमा भएको हो । फिल्ममा मुकुन र मेनुकासँगै सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय छ । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंको हो ।
 
लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेको फिल्मले भगवान र मानिसबीचको फरक देखाउनेछ । हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी रहेको फिल्मको गीतमा अनिस अधिकारीले शब्द तथा संगीत दिएका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आफ्नो आवाज भरेका छन् । फिल्मलाई २०२१ भित्र प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको रहेको छ ।
 
 
गोविन्द शाहीले देशभर वितरण गर्ने फिल्मको ओभरसिज राइट्सको अधिकार स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ । स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टका श्रीदेव बि.एल.का अनुसार, यो फिल्म नेपालभन्दा अगाडि यूके र अष्ट्रेलियामा रिलिज हुनेछ । ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन् । 
Most Visited News (monthly)