Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सरी मम’ बन्ने, खोजिँदै कलाकार

फिल्मीखबर, काठमाडौं, 2021/03/09
 
कोरोना महामारीभन्दा अगाडि कलाकार छनोटका लागि विरलै अडिसनहरु हुने गरेका थिए । कोरोनाका कारण ९ महिना लामो वनबासपछि भने निर्माणको तयारीमा रहेका प्रायः फिल्मले अडिसन गरिरहेका छन् । फिल्ममा प्रवेश गर्न चाहनेहरुका लागि अडिसन राम्रो प्लेटफर्म मानिन्छ । तर, अडिसनबाट राम्रालाई भन्दा हाम्रालाई छान्ने गरिएको गुनासाहरु पनि सुनिँदै आएको छ । 
 
यसबीच, विनोद लामाको प्रस्तुतीमा निर्माण हुन लागेको नयाँ फिल्म ‘सरी मम’ का लागि अडिसन आह्वान गरिएको छ । चार जना मुख्य कलाकारका लागि चैत १ गते नेपाल फिल्म एकेडेमी महाराजगञ्जमा अडिसन हुनेछ । निर्माता लामाले १७ देखि २० वर्ष उमेर समुहका तीन जना महिला र सोही उमेर समुहका एक जना पुरुष कलाकारका लागि अडिसन लिन लागिएको जानकारी दिए । 
 
अडिसनमा सहभागी हुन चाहनेले कम्पनीको इमेल [email protected] मा आफ्नो तस्विरसहितको जानकारी पठाउन सक्नेछन् । एनएफआई क्रियसनको ब्यानरमा निर्माण हुने फिल्मको आउँदो बैशाखबाट छायांकन सुरु हुँदेछ । निर्माता लामाले यसअघि शैक्षिक फिल्म ‘कखरा’ निर्माण गरेका थिए । यसपटक पनि गहन विषयमाथि फिल्म बन्न लागेको उनले बताए । 
Most Visited News (monthly)