Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7045 - 7050 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-03-21, आईतवार

फिल्म छायांकनका लागि चाहिने क्यामेरादेखि लाइटसम्मको उपकरणहरु उपलब्ध  गराउने व्यवसायीहरुको छाता संस्था नेपाल चलचित्र उपकरण संघले विश्व प्रकाश गौचनको अध्यक्षतामा नयाँ नेतृत्व पाएको छ । शनिवार चलचित्र विकास बोर्डमा आयोजित संघको तेर्हौं वार्षिक साधारण सभा तथा प्रथम विधान सभामा नयाँ पदाधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2021-03-20, शनिवार

एक समय नेपाली फिल्ममा अभिनेत्री विपना थापाले एकछत्र राज गरेकी थिइन् । त्यसबेला उनको टाउको पोस्टरमा राखेपछि फिल्म चल्छ भन्ने मान्यता स्थापित थियो । १४ वर्षको उमेरमा फिल्म ‘जन्मभूमि’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले यसपछि दुई दशक करिअर पछाडि फर्केर हेर्नुपरेन । पहिलो फिल्मपछि नै उनी नेपाली फिल्मकी सबैभन्दा व्यस्त अभिनेत्री बनेकी थिइन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-20, शनिवार

नेपालमा वर्षौंदेखि फिल्म सम्बन्धि गतिविधि समेट्ने च्यानलको रुपमा ‘टिभी फिल्मी’ मात्रै थियो । अब फिल्मका हरेक जानकारी दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित कान्तिपुर नेटवर्कले नयाँ च्यानल ‘कान्तिपुर सिनेप्लेक्स’ सुरु गरेको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले क्ल्याप बोर्ड ठोकेर च्यानलको शुभारम्भ गरे ।

एजेन्सी, मुम्बई, 2021-03-19, शुक्रवार

बलिउड सुपरस्टार आमिर खान आफ्नो नीजि जीवनलाई मिडियाबाट सकेसम्म गोप्य राख्न चाहन्छन् । त्यसैले उनको व्यक्तिगत जीवनको चर्चा कमै हुन्छ । उनी आफैं पनि नीजि जिन्दगीको बारेमा निकै कम कुरा गर्ने गर्दछन् । यद्यपि, उनको नीजि जिन्दगी निकै उतार-चढावले भरिएको छ । उनको पहिलो विवाह रीना दत्तासँग बलिउडमा डेब्यू गर्नुभन्दा अगाडि नै भएको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2021-03-19, शुक्रवार

यही चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्ण लीला’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार साइराम पिक्चर्स यूट्युब च्यानलबाट सार्वजनिक भएको तीन मिनेट २५ सेकेण्डको ट्रेलर प्रेम, रोमान्स, विछोड र रोदनले भरिएको छ । अभिनेता पुष्प खड्का (कृष्ण) र अभिनेत्री श्रद्धा क्षेत्री (लीला) को प्रेममा आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ । 

फिल्मीखबर, काठमाण्डौ, 2021-03-19, शुक्रवार

फिल्म ‘स्वर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी रीमा विश्वकर्माले एक दशकभन्दा लामो समय फिल्म क्षेत्रमा विताइसकेकी छिन् । ‘स्केप, भाले फाइट, बाटो मुनीको फूल २, ऋतु’ लगायत एक दर्जन बढी फिल्ममा काम गरिसकेकी उनको फिल्मी करिअर भने खासै सुखद छैन । डेब्यू फिल्मदेखि पछिल्लो रिलिज फिल्म ‘मिस्टर नेपाली’ सम्म कुनैले उनलाई हिटको सुख दिन सकेनन् ।

Results : 7045 - 7050 of 23775
Most Visited News (monthly)