Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक दर्जन फिल्मको रिलिज लाइनअप घोषणा गर्दै जिजिए ग्रुप

फिल्मीखबर, काठमाण्डौ, 2021/03/18
कोरोनाका कारण ९ महिना बन्द भएर खुलेको फिल्म क्षेत्र विस्तारै पुरानो लयमा फर्किँदैछ । लकडाउन अगाडिभन्दा अहिले फिल्म निर्माणमा गति आएको छ । त्यस्तै, निर्माण भएका एकपछि अर्को फिल्मको प्रदर्शन मिति घोषणा भइरहेका छन् । तर, पुष १० गतेबाट खुलेका सिनेमा हलमा दर्शकको उपस्थिति उत्साहजनक नहुँदा कति निर्माताहरु फिल्मको रिलिज तोक्न हतारिएका छैन ।
 
यसैक्रममा केही वर्षदेखि ठूला-ठूला नेपाली फिल्मको वितरण गर्दै आएको जिजिए ग्रुपले आउँदो जेठभित्र चार महिनाका लागि पहिलो चरणमा आधा दर्जन फिल्म र दोस्रो चरणमा अर्को आधा दर्जन फिल्मको रिलिज लाइनअप घोषणा गर्ने भएको छ । रिच इन्टरटेन्मेन्ट र जिजिए ग्रुप मर्ज भएसँगै अहिले एक दर्जन बढी फिल्मको रिलिज लाइनअप तयार गरिरहेको करण श्रेष्ठले बताए । 
 
 
उनले भने- ‘कोरोनाले धरासायी भएको फिल्म क्षेत्रलाई चलायमान बनाउन अब एउटा मात्र फिल्मको रिलिज डेट घोषणा गरेर हुँदैन । अब जिजिए ग्रुपले ब्याक टू ब्याक फिल्म रिलिज गर्ने तयारी गरेको छ । अहिले हामी फिल्मको रिलिज लाइनअप बनाइरहेका छौं । आउँदो बैशाख वा जेठबाट दुई-दुई हप्ताको अन्तरमा ४ महिनाका लागि पुग्ने गरी फिल्मको रिलिज लाइनअप घोषणा गर्दैछौं ।’ 
 
यो लाइनअपमा ‘म यस्तो गीत गाउँछु २, चिसो मान्छे, तीन जन्तु, सुस्केरा, माइकल अधिकारी’ लगायतका फिल्म पर्ने उनले बताए । उनले अगाडि भने- ‘फिल्म क्षेत्रको हितका लागि हामीले फिल्मको रिलिज लाइनअप घोषणा गर्न लागेका हौं । पहिलो चरणमा भदौसम्मका लागि फिल्मको रिलिज घोषणा गछौं । त्यसपछि अर्को चरणमा बाँकी फिल्मको रिलिज लाइपअप घोषणा हुनेछ ।’ 
 
अरु नेपाली फिल्मसँग नजुध्ने गरी जिजिए ग्रुपले फिल्मको रिलिज घोषणा गर्ने वितरण श्रेष्ठ बताउँछन् । यो समयमा फिल्म जुधाउनु फिल्म क्षेत्रका लागि पनि राम्रो नहुने उनको भनाई छ । ‘यतिबेला फिल्म क्षेत्रलाई चलायमान बनाउनुपर्ने सबैको दाहित्व हो । त्यसैले यो समयमा फिल्म जुधाएर होइन, मिलेर जानुपर्छ । फिल्मको रिलिज मिलाउन जिजिए ग्रुपले पहल पनि गर्नेछ,’ करणले भने ।
Most Visited News (monthly)