Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7039 - 7044 of 23775
फिल्मीखबर, काठमाडौं, 2021-03-22, सोमवार

अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी प्रेममा रहेको कुरा अब नौलो रहेन । डेढ वर्षदेखि एकअर्कालाई डेट गरिरहेका उनीहरुले खुलेरै प्रेम सम्बन्ध भने स्वीकार गरेका छैनन् । तर, पछिल्लो समय उनीहरुको क्रियाकलापले प्रेम व्यक्त गरिरहेको छ । नीता एक भोजपुरी फिल्मको छायांकनका लागि भारतको आगरमा रहँदा उनलाई भेट्न हरिहर त्यहीँ पुगेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-22, सोमवार

निखिल उप्रेती भन्छन्, ‘आफैंलाई म गरिब छु वा अप्ठ्यारोमा छु भनेर नसोच्नु । म पनि भैंसी चराएरै हिँडेको हो । मलाई यो ठाउँमा पुग्न कसैले रोकेन । यदी हामी गरिबीका कारण सफल बन्न सकेनौं भनेर सोचिरहेका छौं भने त्यो हाम्रो कमजोरी हो ।’

फिल्मीखबर, काठमाडौं, 2021-03-21, आईतवार
दक्षिण भारतीय फिल्म‘अर्जुन रेड्डी’को नेपाली रीमेकको लागि अडिशन लिईएको छ । अडिशनमा सयौंको संख्यामा सहभागीहरु आएको बताईएको छ ।
एजेन्सी, मुम्बई, 2021-03-21, आईतवार

अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्म र ग्रुपिज्मको विषयमा व्यापक बहस भइरहेको छ । स्टार किड्सलाई इन्डस्ट्रीमा बढी मौका मिल्ने तर आउसाइडरलाई किनारा लगाइने आरोप कतिपयको छ । यस विषयमा अभिनेता सूरज पंचोलीले आफ्नो भनाई राखेका छन् । उनले फिल्म इन्डस्ट्रीमा आफ्नो स्थान बनाउन निकै मुश्किल हुने बताएका छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-03-21, आईतवार

सर्लाही रैथाने कलाकारहरुलाई सर्लाहीको बरहथवा नगरपालिकाले सम्मान गरेको छ । शनिवार हजरियास्थित खेल मैदानमा आयोजित कार्यक्रममा कलाकार र पत्रकारसहित १७ जना सम्मानित भएका हुन् । ‘सर्लाही स्वर्णिम सम्मान २०७७’ नाम दिइएको कार्यक्रममा एक्सन नायक निखिल उप्रेती, ‘जात्रा’ निर्देशक प्रदीप भट्टराई, कवि एवं गीतकार दिनेश अधिकारी सम्मानित भए ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-21, आईतवार

‘छक्का पञ्जा’ समुह नेपाली फिल्म क्षेत्रको सबैभन्दा शक्तिशाली मानिन्छ । करीब एक दशक विभिन्न हास्यटेलिश्रृंखलामा काम गरेर ख्याती कमाएका केदार घिमिरे, जितु नेपाल, सिताराम कट्टेल, शिवहरी पौडेल लगायतको समुहलाई लिएर दीपकराज गिरी र दीपाश्री निरौलाले फिल्म ‘६ एकान ६’ बनाएका थिए । पहिलो निर्माण नै सुपरहिट भएपछि यो समुहले ‘वडा नम्बर ६’ बनायो ।

Results : 7039 - 7044 of 23775
Most Visited News (monthly)