
हलिउड र बलिउडमा ठूला स्टारलाई लिएर फिल्महरु बनिरहेका हुन्छन् । स्टारडम भएका कलाकारहरु एउटै फिल्ममा भए दर्शकको राम्रो साथ मिल्ने विश्वास फिल्मकर्मीमा छ । नेपालमा पनि मल्टीस्टारर फिल्म उल्लेख्य संख्यामा बनेका छन् । तर, युवापुस्तामा राम्रो क्रेज बनाएका पछिल्ला छिमलका स्टार कलाकारलाई एउटै फिल्ममा उतार्न भने कमै निर्देशक सफल छन् ।

बलिउड अभिनेत्री कंगाना रनावतको ३४औं जन्मदिनको अवसरमा मंगलवार फिल्म ‘थलाइवी’ को ट्रेलर रिलिज गरिएको छ । अभिनेत्री तथा तमिलनाडुकी पूर्व मुख्यमन्त्री स्वं. जयललिताको जीवनीमा आधारित भएर बनेको फिल्मको ट्रेलरमा उनको अभिनय करिअरदेखि राजनीतिमा प्रवेश गरेपछि आएका उतार-चढाव देखाइएको छ । ३ मिनेट २३ सेकेण्डको ट्रेलर दमदार बनेको छ ।

कोरोना भाइरसका कारण ९ महिना फिल्म निर्माण ठप्प हुँदा अधिकांश कलाकार बेरोजगार भएका थिए । महिनौंसम्म घरभित्र नजरबन्दको जीवन गुजारेका कलाकारहरु दशैंदेखि फिल्म वा म्यूजिक भिडियोको छायांकनमा भ्याइनभ्याइ हुन थालेका छन् । सरकारले फिल्म क्षेत्रमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै केही कलाकारले फिल्मको छायांकन समेत पूरा गरिसकेका छन् ।

एक्सन नायकको छवि बनाएका सविन श्रेष्ठ फिल्म ‘हिरो रिर्टन्स’ बाट निर्माता बने । अभिनेत्री रेखा थापालाई मुख्य भूमिकामा लिएर फिल्ममा उनी स्वयंले अभिनय गरेका थिए । निर्माण सम्पन्न भएको करीब ३ वर्ष फिल्म कम्प्यूटरमा थन्किएपछि यस वर्षको बैशाख २६ गतेलाई निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको थियो । तर, कोरोना महामारीका कारण फिल्म रिलिज हुन पाएन ।

आफ्नो निर्माण र अभिनय रहेको फिल्म ‘दि सेक्रेट्स अफ राधा’ को छायांकन पूरा भएसँगै अभिनेता सौगात मल्ल नयाँ फिल्मको छायांकनका लागि भारतको सिक्किम पुगेका छन् । बुधवार (भोली) बाट छायांकन सुरु हुन लागेको फिल्म ‘जार’ मा उनले प्रमुख भूमिका निर्वाह गर्दैछन् । फिल्ममा उनीसँगै ह्यान्डसम भिलेनको रुपमा परिचित अनुप विक्रम शाहीको पनि अभिनय रहनेछ ।

दिवंगत तमिलनाडुकी मुख्यमन्त्री तथा अभिनेत्री जयललिताको बायोपिक फिल्म ‘थलाइवी’ को ट्रेलर मंगलवार सार्वजनिक हुँदैछ । हिन्दी, तमिल र तेलुगू भाषामा निर्माण भएको फिल्ममा अभिनेत्री कंगना रनावतले जयललिताको जीवन बाँचेकी छन् । ट्रेलर रिलिजको एक दिन अगाडि उनले फिल्ममा निर्वाह गरेको जयललिलाको तीन अलग-अलग पात्रको तस्विर सार्वजनिक भएको छ ।

