Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एन्जेलिना भन्छिन्, ‘ब्राडको विरुद्ध घरेलू हिंसाको प्रमाण छ’

एजेन्सी, अमेरिका, 2021/03/18
 
दुई वर्ष अगाडि एकअर्काबाट कानुनी रुपमा अलगिएका हलिउड स्टार एन्जेलिना जोली र ब्राड पिटबीच बच्चालाई लिएर अदालतमा मुद्धा चलिरहेको छ । यो मुद्धामा अब नयाँ मोड आएको छ । एन्जेलिनाले अदालतमा पूर्व पतिविरुद्ध दस्तावेज पेश गरेकी छन् । उनले लेखेको दस्तावेजमा आफू र आफ्ना सन्तान ब्राड विरुद्ध घरेलू हिंसाको प्रमाण दिन तयार रहेको उल्लेख छ । 
 
यूएस विकलीको रिपोर्ट अनुसार, एन्जेलिना र उनका सन्तान १९ वर्षिय मेडोक्स, १७ वर्षिय पेक्स, १६ वर्षिय जहारा, १४ वर्षिय शिलोह, १२ वर्षिय नक्स र विवियन अदालतमा बयान दिन तयार भएका छन् । तर, ब्राडका नजिकका सुत्रले एन्जेलिनाले बच्चालाई प्रयोग गरेर ब्राडलाई दुःख दिन खोजेको र एन्जेलिनाको वकिलले कानुन विपरित दस्तावेज लिक गरेको आरोप लगाएको छ । 
 
एन्जेलिना र पिटको भेट २००४ मा ‘मिस्टर एन्ड मिसेस स्मिथ’ को छायांकनको बेला भएको थियो । यो फिल्मपछि उनीहरु एकअर्कासँग निकै नजिक भएका थिए । लामो समय डेटिङ गरेपछि दुवैले २०१४ मा विवाह गरे । तर, उनीहरुको विवाह दुई वर्ष पनि टिक्न सकेन । २०१६ मा नै उनीहरु एकअर्काबाट अलग बस्न थालेका थिए । उनीहरुको डिभोर्स भने २०१९ मा भएको थियो ।
Most Visited News (monthly)