
यही चैत २७ गतेलाई प्रदर्शन मिति घोषणा गरेका तीन फिल्ममध्ये ‘लप्पन छप्पन २ र मनसँग मन’ ले कोरोनाका कारण अनिश्चितकालका लागि रिलिज स्थगित गरेका छन् । यही मितिमा आउन लागेको अर्को फिल्म ‘कृष्ण लीला’ पनि सर्ने सुरसारमा छ । नयाँ वर्षमा सिनेमा हलहरु फिल्मविहीन हुने देखिएपछि चैत २७ मा नयाँ फिल्म ‘गुड फ्रेन्ड’ प्रदर्शनमा आउने भएको छ ।

एक समय बलिउड इन्डस्ट्रीमा आफ्नो दबदबा कायम गरेको देओल परिवारको तेस्रो पिढीका राजवीर देओलले पनि फिल्ममा डेब्यू गर्ने भएका छन् । उनी सुपरस्टार सनी देओलका कान्छा छोरा हुन् । यसको जानकारी अभिनेता धर्मेन्द्रले सामाजिक सञ्जालबाट दिएका छन् । राजवीरभन्दा पहिले उनका दाई करन देओलले फिल्म ‘पल पल दिल के पास’ बाट बलिउडमा डेब्यू गरेका थिए ।

कोरोना संक्रमणका कारण करीब ९ महिना बन्द भएर गएको पुष १० गतेबाट हल सञ्चालकहरुले एकतर्फी रुपमा सिनेमा हल खोल्ने निर्णय गरे । सरकारले भने पुष ३० गतेबाट ५० प्रतिशत अकुपेन्सीमा हल खोल्न अनुमति दियो । सरकारको यो निर्णयले राहत महशुस गरेका हल सञ्चालकहरु तीन महिनादेखि सिनेमा हलमा दर्शकको चाप नबढ्दा पुर्पुरोमा हात राख्न बाध्य छन् ।

नेपाली फिल्मका बिकाऊ अभिनेता हुन्, अनमोल केसी । उनको नामले नै हलसम्म दर्शकको भीड तान्न सक्छ । डेब्यू फिल्म ‘होस्टेल’ बाटै जबरजस्त क्रेज बनाएका उनले ८ वर्षको अवधिमा सातवटा फिल्ममा काम गरिसकेका छन् । ‘कृ र क्याप्टेन’ ले निर्माता डुबाए पनि अरु फिल्मले उनको करिअरलाई उचाइ दिलाउन ठूलो मद्दत गर्यो । अहिले उनी करिअरको उत्कर्षमा छन् ।

अभिनेत्री वर्षा सिवाकोटीले फिल्म ‘सुदूर’ छाडेपछि निर्देशक बुढाथोकीले मोडल गरिमा शर्मालाई अभिनेत्रीको प्रस्ताव गरेका छन् । मंगलवार उनीहरुबीच भेटेरै फिल्मको विषयमा कुराकानी भएको छ ।

बलिउड सुपरस्टार अजय देवगनमाथि कुटपिट भएको एक भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । भिडियो हेरेर दाबी गरिएअनुसार दिल्लीको एक पबको बाहिर उनको केही व्यक्तिसँग झगडा भएको थियो र त्यो झगडामा मानिसहरुले उनीलाई कुटेका थिए । तर, अजयले सोसल मिडियामा एक पोस्ट गर्दै उक्त भिडियो झुटो रहेको बताएका छन् ।

