
‘बाहुबली’ निर्देशक एसएस राजामौलीको निर्देशनमा बनिरहेको फिल्म ‘आरआरआर’ का लागि अभिनेता अजय देवगनको फर्स्टलुक सार्वजनिक भएको छ । राजामौलीले सामाजिक सञ्जालमा मोसन पोस्टर सार्वजनिक गर्दै अजय देवगनलाई जन्मदिनको शुभकामना दिएका छन् ।

नेपाली फिल्ममा कलाकारहरुको सोर्सफोर्स निकै चल्छ । विशेषगरी अभिनयमा सक्रिय रहेका कलाकारहरु नयाँ नयाँ प्रेम सम्बन्धमा छन् भने उनीहरु आफूलाई अफर हुने फिल्ममा नायक वा नायिकाको सिफारिस एकअर्कालाई गर्ने गरेको पाइन्छ । कतिपयले भने काम गर्न सहज हुने कलाकारहरुलाई फिल्ममा लिनका लागि निर्माता तथा निर्देशकलाई दबाब दिने गरेका छन् ।

नयाँ वर्ष फिल्म रिलिजका लागि उपयुक्त समय मानिन्छ । हरेक नेपाली ‘न्यू इयर’ सेलिब्रेसनको मुडमा हुने भएकाले सिनेमा हलमा दर्शकको चाप बढ्ने विश्वास फिल्मकर्मीहरुमा छ । नयाँ वर्षमा रिलिज भएका फिल्मले दर्शकका साथ पाएका उदाहरण धेरै छन् । यही कारण नयाँ वर्षमा फिल्म रिलिज गर्न निर्माताहरुबीच ठूलो हानाथाप हुने गरेको छ । यसपटक पनि यस्तै देखिएको थियो ।

कोरोना महामारीभन्दा अगाडि भारतमा फिल्म मेकिङ पढेर फर्किएकी अभिनेत्री बेनिशा हमाल फिल्म ‘घर’ पछि ठूलो पर्दामा देखिएकी छैनन् । लकडाउनमा उनले फिल्म ‘भाँडाकुटी’ साइन गरेकी थिइन् । फागुन अन्तिमबाट छायांकन सुरु हुने भनिएको फिल्म पोस्ट प्रोडक्सनमै अड्किएको छ । यो फिल्म छायांकनमा जान ढिलाइ भएपछि बेनिशाले नयाँ फिल्म साइन गरेकी छन् ।

टाइगरले फिल्म नगर्ने भएपछि निर्माण टिमले उनको ठाउँमा साउथ सुपरस्टार प्रभासलाई कास्ट गरेको खबर छ । तर, यसबारेमा निर्माण टिमले आधिकारिक जानकारी दिएको छैन ।


