Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अजय देवगनमाथि कुटपिट भएको हो ?

फिल्मीखबर, काठमाडौं, 2021/03/30
 
बलिउड सुपरस्टार अजय देवगनमाथि कुटपिट भएको एक भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । भिडियो हेरेर दाबी गरिएअनुसार दिल्लीको एक पबको बाहिर उनको केही व्यक्तिसँग झगडा भएको थियो र त्यो झगडामा मानिसहरुले उनीलाई कुटेका थिए । तर, अजयले सोसल मिडियामा एक पोस्ट गर्दै उक्त भिडियो झुटो रहेको बताएका छन् । 
 
भाइरल भिडियोको खण्डन गर्दै उनले लेखेका छन्, ‘यस्तो लाग्छ कि म जस्तै देखिने व्यक्ति मुश्किलमा परेको छ । मलाई यो भिडियोसँग सम्बन्धित कयौं कल आएको छ । म स्पष्ट पार्न चाहन्छु कि मैले दिल्लीको यात्रा गरेको छैन । मेरो बारेमा चलिरहेको विवादमा म सामेल छैन, ह्याप्पी होली ।’ उनका प्रवक्ताले पनि झगडाको खबरमा सत्यता नभएको मिडियामा बताएका छन् ।
 
अजयका प्रवक्ताले भनेका छन्, ‘अजय देवगनमाथि कुटपिट भएको खबर गलत हो । हामी हम न्यूज एजेन्सी र मिडियाकर्मीलाई जानकारी दिन चाहन्छौं कि उहाँ मुम्बईमा आफ्नो टिमसँग ‘मैदान, मेडे र गंगूबाई काठियाबाडी’ को छायांकनमा व्यस्त हुनुहुन्छ । उहाँ गएको १४ महिनादेखि दिल्ली जानुभएको छैन ।’ अजय देवगन पछिल्लो पटक फिल्म ‘तान्हाजी’ मा देखिएका थिए ।
Most Visited News (monthly)