
लामो समयदेखि स्क्रिप्ट राइटरको रुपमा सक्रिय शिवम अधिकारीले केही समयका लागि स्क्रिप्ट राइटिङबाट विश्राम लिने घोषणा गरेका छन् । शुक्रवार फेसबुकमा स्टाटस लेख्दै उनले आफू मानसिक रुपमा तयार नभएसम्मका लागि स्क्रिप्ट लेखनबाट विश्राम लिएको जानकारी गराएका छन् । स्क्रिप्ट राइटिङको विधाबाट आफू थाकेको महशुस भइसकेको पनि उनले उल्लेख गरेका छन् ।

अभिनेता कर्मा शाक्य र अभिनेत्री लक्ष्मी बर्देवालाई पहिलो पटक एकसाथ ठूलो पर्दामा देख्न पाइने भएको छ । थिएटरको पृष्ठभूमिबाट आएका दुवैको फिल्म ‘अनन्त’ मा जोडी बाँधिएको हो । शनिबारबाट भक्तपुरमा सुटिङ सुरु भएको फिल्मलाई जेसन लोप्चनले निर्देशन गरिरहेका छन् । अस्कर फिल्म कलेजबाट ग्रयाजुएसन गरेका उनले केही लघु फिल्मको निर्देशन गरेका छन् ।

यतिबेला ओटीटी प्लेटफर्म सिनेमा हलको विकल्प बनेको छ । कोरोनाका कारण हलहरु बन्द भएपछि दर्शकहरुले घरमै बसेर विश्वका फिल्म ओटीटी प्लेटफर्ममा हेरे । सिनेमा हल खुल्ने अनिश्चित हुँदा हलिउड र बलिउडका ठूला फिल्महरु सिधै ओटीटीमा रिलिज भए भने लकडाउनमा ‘कोपिला, हिरो रिर्टन्स’ जस्ता नेपाली फिल्महरुले पनि रिलिजका लागि डिजिटल प्लेटफर्म रोजे ।

अभिनेत्री उपासना सिंह ठकुरीले विदेशी भूमिमा गएर आर्जन गरेको ज्ञान, सिप र अनुभवलाई नेपालमा लगाउन आग्रह गरेकी छन् । शुक्रवार एजुकेसन एण्ड माइग्रेसन कर्नरले पुतलीसडकस्थित आफ्नो कार्यालयमा आयोजना गरेको शैक्षिक मेलामा उपस्थिति विद्यार्थीहरुलाई उनले विदेशमा गएर अध्ययन गर्नु गलत नभएको तर त्यहाँ सिकेको अनुभवलाई स्वदेशमा लगाउनु पर्ने बताइन् ।

विवाह बन्धनमा बाँधिएको एक वर्षपछि अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन् । केही समयदेखि उनी गर्भवती रहेको आशयका समाचारहरु प्रकाशन हुँदै आएका थिए । शुक्रवार उनी स्वयंले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो बेबी बम्पसहितको तस्विर सार्वजनिक गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘हो, हामी गर्भवती छौं । सोध्न बन्द गर्नुस् ।’

‘बाहुबली’ निर्देशक एसएस राजामौलीको निर्देशनमा बनिरहेको फिल्म ‘आरआरआर’ का लागि अभिनेता अजय देवगनको फर्स्टलुक सार्वजनिक भएको छ । राजामौलीले सामाजिक सञ्जालमा मोसन पोस्टर सार्वजनिक गर्दै अजय देवगनलाई जन्मदिनको शुभकामना दिएका छन् ।

