Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

वर्षाले छाडेको ‘सुदूर’ गरिमालाई अफर

फिल्मीखबर, काठमाण्डौ, 2021/03/31
 
अभिनेत्री वर्षा सिवाकोटीले डेढ वर्ष अगाडि निर्देशक तथा कलाकार रमेश बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुदूर’ साइन गरेकी थिइन् । छायांकनका लागि तयारी हुँदै गर्दा कोरोनाका कारण देश लकडाउन भएपछि फिल्मको निर्माण अनिश्चितकालका लागि रोकियो । साइन गरेको डेढ वर्षसम्म छायांकन सुरु नभएपछि वर्षाले हाल सालै फिल्मबाट हात झिकिन् ।
 
उनले फिल्म छाडेपछि निर्देशक बुढाथोकी अभिनेत्रीको खोजीमा छन् । यसैक्रममा उनले मोडल तथा अभिनेत्री रेश्मा घिमिरेलाई फिल्म अफर गरेका थिए । तर, उनले तत्काल फिल्म नगर्ने बताएपछि ‘सुदूर’ को अफर मोडल उषा उप्रेतीलाई पुगेको थियो । उनले पनि फिल्म गर्न इच्छा नदेखाएपछि निर्देशक बुढाथोकीले अर्की मोडल गरिमा शर्मालाई अभिनेत्रीको प्रस्ताव गरेका छन् ।
 
मंगलवार उनीहरुबीच भेटेरै फिल्मको विषयमा कुराकानी भएको छ । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले फेसबुकमा गरिमा र निर्देशक बुढाथोकीबीच भेटघाटको तस्विर पोस्ट गरेका छन् । उक्त भेटमा गरिमाले फिल्मको ‘वान लाइन स्टोरी’ सुनेकी थिइन् । उनले फिल्म गर्ने वा नगर्ने विषयमा निर्णय गरेकी छैनन् । तर, फिल्मलाई लिएर उनी सकारात्मक रहेको बुझिएको छ ।
 
यो फिल्मका लागि अहिलेसम्म मुख्य नायकको पनि टुंगो लागेको छैन । निर्देशक बुढाथोकीले नायकको प्रस्ताव पुष्प खड्कालाई गरेका छन् । उनीसँग निर्माण टिमको मौखिक सहमति भइसके पनि कागजी सम्झौता भएको छैन । रमेश बुढाथोकी लामो समयपछि निर्देशनमा फर्किन लागेका हुन् । उनले ‘बाबु साहेब, अप्सरा, जीवन मृत्यु’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् ।
Most Visited News (monthly)