Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

चैत २७ मा मुकेशको ‘गुड फ्रेन्ड’, आयो ट्रेलर

फिल्मीखबर, काठमाडौं, 2021/04/01
 
यही चैत २७ गतेलाई प्रदर्शन मिति घोषणा गरेका तीन फिल्ममध्ये ‘लप्पन छप्पन २ र मनसँग मन’ ले कोरोनाका कारण अनिश्चितकालका लागि रिलिज स्थगित गरेका छन् । यही मितिमा आउन लागेको अर्को फिल्म ‘कृष्ण लीला’ पनि सर्ने सुरसारमा छ । नयाँ वर्षमा सिनेमा हलहरु फिल्मविहीन हुने देखिएपछि चैत २७ मा नयाँ फिल्म ‘गुड फ्रेन्ड’ प्रदर्शनमा आउने भएको छ ।
 
बुधवार प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । साथीबीचको सम्बन्ध, प्रेम र समर्पणको कथामा निर्माण भएको फिल्मका निर्देशक राजबहादुर साने हुन् । फिल्ममा मुकेश ढकाल, सबिना कार्की, राज सिंह, दीपक बिक्रम शाही, एलवी कटुवाल, राजन महर्जन, बसन्त बर्मा, पूजा महर्जन, धिरज खत्री, भूमिका सापकोटा लगायतको अभिनय रहेको छ ।
 
बिजी बर्मा फिल्मस्को ब्यानरमा बसन्त बर्माको प्रस्तुति रहेको फिल्मको निर्मातामा बसन्त बर्मा, राज सिंह र पम्फा बर्मा रहेका छन् । त्यस्तै, फिल्मको सह-निर्मातामा बारुफ बर्मा र पारुबी बर्मा छन् । फिल्मको गीतमा संजय लामा बलको संगीत, प्रदीप खड्काको द्वन्द्व निर्देशन र सम्पादन प्रवल प्रधानको रहेको छ । ‘गुड फ्रेन्ड’ ले साथी-साथीबीचको प्रेम बोल्ने निर्देशक सानेले बताएका छन् । 
 
ट्रेलर हेर्नुहोस् :-
 

Most Visited News (monthly)