
कोशी भिजनको ब्यानरमा फिल्म ‘अभियान’ निर्माण हुने भएको छ । आइतवार सुनसरीको इटहरीस्थित एक गुम्बामा शुभ मुहूर्त गरिएको फिल्मको चैत १७ गत्बाट छायांकन सुरु हुँदैछ । मुहूर्त समारोहमा फिल्मको टिमसँगै चलचित्रकर्मी संघका प्रदेश १ संयोजक पर्शुराम चौधरी, नेपाल चलचित्रकर्मी महसंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान लगायतको उपस्थिति रहेको थियो ।

करिअरको सुरुवाती दिनमा अभिनेत्री परिणीति चोपडा आफ्नो बढेको तौलका कारण निकै आलोचनाको शिकार भएकी थिइन् । तर, उनले आफ्नो तौललाई लिएर आलोचना गर्नेहरुसँग सहमत रहेको बताएकी छन् । उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘म उनीहरुसँग सहमत छु कि म सबैभन्दा राम्रो देखिएकी थिइनँ । मैले फिटनेसमा आफ्नो शतप्रतिशत दिन सकेको थिइनँ ।’

आज हिमाली तथा पहाडी क्षेत्रमा फागू पर्व मनाइँदैछ । मेलमिलाप र आपसी सद्भावको सन्देश लिएर आउने यो पर्वमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । तर, कोरोनाका कारण गत वर्ष झैँ यस वर्ष पनि होलीको रौनक छैन । संक्रमणको जोखिम बढ्दै गएकाले घरैमा बसेर होली मनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेपछि प्रायःले घरमै परिवारसँग होली मनाइरहेका छन् ।

फिल्म ‘जेरी’ पछि धेरै निर्देशक तथा निर्माताको रोजाईमा परेकी अभिनेत्री आना शर्मा अहिले गुमनाम जस्तै छिन् । उनले फिल्ममा काम नगरेकै दुई वर्षभन्दा बढी भइसकेको छ । उनी पछिल्लो पटक फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ मा देखिएकी थिइन् । नेपालको पहिलो हलिउड फिल्म भनेर प्रचार गरिए पनि फिल्मले हलमा सिन्को भाँचेन । न त आनाको अभिनयकै प्रशंसा भयो ।

दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ को सुटिङ प्याकअप भएको छ । फागुन १७ गते मुहूर्त गर्दै ललितपुरबाट सुरु भएको फिल्मको छायांकन शनिवार बझाङ पुगेर सकिएको हो ।

झन्डै चार दशकदेखि राजनीतिमा सक्रिय नेता जोशी नेपाली फिल्मका निर्माता समेत हुन् । कांग्रेस नेता गणेशमान सिंहको जीवनीमा आधारित भएर सन् २००२ मा निर्माण भएको फिल्म ‘वीर गणेशमान’ लाई उनले निर्माण गरेका थिए ।

