Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.50/5.00)
Text size:-
+
-

७५ लाख पारिश्रमिकको चर्चामा अनमोलको स्पष्टिकरण

फिल्मीखबर, काठमाडौं, 2021/03/31
 
नेपाली फिल्मका बिकाऊ अभिनेता हुन्, अनमोल केसी । उनको नामले नै हलसम्म दर्शकको भीड तान्न सक्छ । डेब्यू फिल्म ‘होस्टेल’ बाटै जबरजस्त क्रेज बनाएका उनले ८ वर्षको अवधिमा सातवटा फिल्ममा काम गरिसकेका छन् । ‘कृ र क्याप्टेन’ ले निर्माता डुबाए पनि अरु फिल्मले उनको करिअरलाई उचाइ दिलाउन ठूलो मद्दत गर्‍यो । अहिले उनी करिअरको उत्कर्षमा छन् ।
 
नेपाली फिल्मका सबैभन्दा महंगा अभिनेता मानिने उनले फिल्म ‘कृ’ मा २० लाख पारिश्रमिक बुझेको खबरले ठूलै हलचल ल्याएको थियो । किनकि, त्यसअघि यति मोटो पारिश्रमिक नेपाली कलाकारहरुका लागि दिवा सपनाझैँ थियो । यो फिल्मपछि उनलाई ५० लाखसम्मको अफर पुगेको थियो । अहिले उनलाई एक टिमले ७५ लाख पारिश्रमिकसहित फिल्मको प्रस्ताव गरेको चर्चा छ ।
 
‘लप्पन छप्पन’ फेम्ड निर्देशक मुकुन्द भट्ट परिस्थिति सामान्य भएपछि एउटा मल्टीकास्ट फिल्म बनाउने तयारीमा छन् । यसका लागि उनले अभिनेता पुष्प खड्कासँग कागजी सम्झौता गरिसकेका छन् । अभिनेता द्वय निश्चल बस्नेत र सौगात मल्लसँग पनि मौखिक सहमति भइसकेको छ । फिल्मको टाइटल क्यारेक्टरको प्रस्ताव भने अनमोललाई गरिएको छ, त्यो पनि ७५ लाखमा ।
 
केही दिनअघि फिल्मीखबरसँगको कुराकानीमा निर्देशक भट्टले अनमोललाई फिल्म अफर गरेको स्वीकार गरेका थिए । तर, पारिश्रमिकको विषयमा अहिलेसम्म कुराकानी नभएको उनको भनाई थियो । अनमोलले भने आफूलाई ७५ लाख अफर भएको कुरा सत्य रहेको खुलाएका छन् । मंगलवार एक अन्तर्वार्तामा उनले यो प्रोजेक्टमा काम गर्ने सम्भावना प्रवल रहेको बताएका छन् ।
Most Visited News (monthly)