Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7009 - 7014 of 23777
फिल्मीखबर, काठमाडौं, 2021-03-30, मंगलवार

एक समय म्यूजिक भिडियोमा राम्रो माग भएकी मोडल हुन्, अकेशा विष्ट । दुई दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी उनले सन् २०१५ मा निकेश खड्काको निर्देशनमा बनेको फिल्म ‘जिन्दगी रक्स’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । तर, यो फिल्मको असफलतापछि उनी फिल्म क्षेत्रबाट हराईन्। अहिले उनी परिवारसँग अमेरिकामा बस्दै आएकी छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-30, मंगलवार

अभिनेता पुष्प खड्काका दुई फिल्म ‘कृष्ण लीला र मनसँग मन’ एकअर्कासँग भिड्न तयारी अवस्थामा थिए । तर, अब यी दुई फिल्मको भिडन्त टरेको छ । ‘मनसँग मन’ ले मंगलवार कोरोनाका कारण रिलिज अनिश्चितकालका लागि पोस्टपोन्ड गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-03-30, मंगलवार

अनमोल मंगलवारबाट २७ वर्षका भएका छन् । २०५० साल चैत १७ गते बिहान ११ बजेर ३० मिनेटमा काठमाडौंस्थित ओम नर्सिङ्गमा सुष्मिता केसी र भुवन केसीको कोखमा उनको जन्म भएको हो ।

एजेन्सी, मुम्बई, 2021-03-29, सोमवार

‘बाहुबली’ सिरिजपछि करिअरको उत्कर्षमा पुगेका प्रभास साउथ फिल्मका सबैभन्दा महंगा अभिनेतामध्ये एक मानिन्छन् । ‘साहो’ बाट बलिउडमा समेत डेब्यू गरेका उनको पाइपलाइनमा अहिले ठूला बजेटका ‘सलार र आदिपुरुष’ फिल्म छन् भने ‘राधे श्याम’ प्रदर्शनको पखाईमा छ । विश्वभर जबरजस्त क्रेज बनाएका उनले एउटा फिल्मबाट सय करोड पारिश्रमिक लिने गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-03-29, सोमवार

नेपाल पत्रकार महासंघको निर्वाचन नजिकिँदै जाँदा यसको एसोसिएट संस्था चलचित्र समीक्षक समाज (फिक्सन) ले नयाँ नेतृत्व पाएको छ । सोमवार भएको फिक्सनको साधारण सभाले दीपेन्द्र लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2021-03-29, सोमवार

गएको हप्ता फिल्म ‘लप्पन छप्पन २’ ले घोषित मितिबाट हात झिकेको थियो । अब चैत २७ मा प्रदर्शनमा आउन लागेको अर्को फिल्म ‘मनसँग मन’ ले पनि रिलिज पोस्टपोन्ड गरेको छ ।

Results : 7009 - 7014 of 23777
Most Visited News (monthly)