Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘बाबरी’ मा अदिती हिरोइन, आमा निर्मात्री

फिल्मीखबर, काठमाडौं, 2021/04/20
अभिनेता अनमोल केसी स्टारर फिल्म ‘कृ’ बाट लिड अभिनेत्रीको रुपमा ब्रेक पाएकी अदिती बुढाथोकीले सोमवारबाट फिल्म ‘बाबरी’ को छायांकन सुरु गरेकी छन् । यो फिल्मबाट उनले तीन वर्षपछि अभिनयमा पुनरागमन गर्न लागेकी हुन् । यसमा उनको जोडी अभिनेता धिरज मगरसँग बाँधिएको छ । त्रिकोणात्मक प्रेमकथामा बन्ने फिल्मको निर्देशन सुरेन्द्र पौडेलले गरिरहेका छन् । 
 
अदितीको होम प्रोडक्सन कम्पनी बाबरी फिल्मस्को ब्यानरमा फिल्म बन्न लागेको हो । उनकी आमा पुष्पा बुढाथोकी फिल्मको निर्मातामा छिन् । फिल्ममा घरको लगानी भएकाले अदितीमाथि अभिनेत्रीसँगै निर्मात्रीको जिम्मेवारी पनि थपिएको छ । जसले गर्दा उनले अब अभिनयका साथै फिल्मलाई उत्कृष्ट बनाउन पनि मिहिनेत गर्नुपर्नेछ । उनी फिल्मलाई लिएर निकै उत्साहित छिन् ।
 
 
अदितीकी आमा पुष्पाले छोरी अभिनयमा सक्रिय भएका कारण फिल्म निर्माणमा होमिएको बताएकी छन् । उनी भन्छिन्, ‘छोरी यही फिल्डमा भएकाले अहिले नै सुरु गर्‍यौं भने पछि फिल्म मेकिङमा सजिलो हुन्छ भनेर हात हालेका हौं । छोरीले मुम्बईमा पनि काम गरिरहेकी छिन् । पछि उनी नेपाल आएर फिल्म मेकिङ गर्दा पनि सजिलो होस् भनेर अहिलेदेखि सुरुवात गरेका हौं ।’
 
अब फिल्म निर्माणलाई निरन्तरता दिने उनको सोच छ । प्रोडक्सन हाउसले अदितीले अभिनय गर्ने फिल्ममा मात्र लगानी नगर्ने उनी बताउँछन् । उनी अगाडि भन्छिन्, ‘यो त हाम्रो सुरुवात हो । हामीलाई फिल्म मेकिङको बारेमा धेरै ज्ञान छैन । यो फिल्मबाट बुझ्न र सिक्न पनि पाइनेछ । पछि राम्रो हुँदै गयो भने हामीले बनाउने फिल्ममा अदिती मात्र हुन्छ भन्ने छैन । सबैलाई समेट्छौं ।’
 
सोमवारबाट पूर्वको लेटाङमा छायांकन सुरु भएको फिल्ममा अभिनेत्री तृप्ती नाडकरको पनि अभिनय रहनेछ । फिल्ममा उनले आमाको भूमिका निर्वाह गर्नेछिन् । उनका छोरा धिरज टोटलानीको पनि फिल्ममा मुख्य भूमिका रहनेछ । सिक्किममा पनि छायांकन हुने फिल्मलाई नरेन्द्र मैनालीले खिचिरहेका छन् । ४० दिनको सेड्युल बनाएर निर्माण टिम छायांकनमा निस्किएको हो ।
Most Visited News (monthly)