Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यनको ‘स्टार’ सलोन

फिल्मीखबर, काठमाडौं, 2021/04/21
 
अभिनेता आर्यन सिग्देलभन्दा सलोन बस्नेत उमेरले धेरै कान्छा छन् । तर, पछिल्लो समय यी दुईको मित्रता हेर्दा लाग्छ, उनीहरु एउटै आँगनमा खेलेर हुर्किएका हुन् । फिल्म ‘हजार जुनीसम्म’ को सुटिङ सेटबाट उनीहरुको मित्रता प्रगाढ बनेको हो । यो फिल्मको सेटमा आर्यन अरुभन्दा सलोनसँग बढी नजिक थिए । फिल्मको प्रचारमा पनि उनीहरु साथमै हिँडे । भलै, फिल्म चलेन ।
 
आर्यन र सलोनको दोस्रो पटक फिल्म ‘डिसेम्बर फल्स’ मा सहकार्य भएको छ । यो फिल्मका लागि आर्यनले नै सलोनको नाम सिफारिस गरेको चर्चा छ । उनीहरु चाँडै अर्को फिल्म ‘मिरर’ मा पनि सँगै काम गर्ने तयारीमा छन् । यो फिल्ममा पनि आर्यनकै कारण सलोन भित्रिएको स्रोत बताउँछ । यसरी हेर्दा आर्यन आफूले गर्ने फिल्ममा सलोनलाई छुटाउने पक्षमा देखिएका छैनन् । 
 
बुधवार सलोन आफ्नो जन्मदिन मनाइरहेका छन् । उनलाई फिल्मकर्मीदेखि शुभचिन्तकहरुले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको माध्यमबाट ‘बर्थडे विस’ गरिरहेका छन् । आर्यनले भने विशेष गरिकाले उनलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले सलोनलाई ‘माइ स्टार’ भनेका छन् । आर्यनका लागि सलोन कति प्रिय र प्यारो छन् भन्ने कुरा यसबाट पनि बुझ्न सकिन्छ ।
 
सलोनले बाल कलाकारको रुपमा फिल्मी करिअर सुरु गरेका हुन् । पहिलो फिल्म ‘नेपाली बाबु’ मा अभिनय गर्दा उनी ६ वर्षका थिए । यसपछि उनले बाल कलाकारको रुपमा दर्जन बढी फिल्ममा काम गरे । नायकको रुपमा भने फिल्म ‘होस्टेल’ बाट उनले डेब्यू गरेका हुन् । ‘ए मेरो हजुर २’ पछि करिअरको उचाईमा पुगेका उनलाई कमेडी भूमिकामा दर्शकले निकै रुचाएका छन् ।
Most Visited News (monthly)